होटल संघ पोखरामा अध्यक्षमा सुवेदी

पोखरा, ९ कात्तिक । होटल संघ पोखरा नेपालको अध्यक्षमा पुनः लक्ष्मण सुवेदी निर्विरोध निर्वाचित भएका छन् । संघको विहीबार पोखरामा सम्पन्न २१ औं अधिवेशन तथा ४२ औं साधारण सभाले १२ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

समितिको निवर्तमान अध्यक्षमा विकल तुलाचन रहेका छन् । प्रथम उपाध्यक्षमा दीपक श्रेष्ठ, द्वितीय उपाध्यक्षमा गणेशराज पहारी, महासचिवमा राजेन्द्र ढकाल र सचिवमा पार्वता पाण्डे चयन भए । कोषाध्यक्षमा नेत्रप्रसाद पौडेल र सहकोषाध्यक्षमा वैभव पौडेल निर्वाचित भए ।

यसैगरी समितिको सदस्यमा भरतराज शर्मा, डिल्लीराम गौतम, पञ्चम लामा, शिवराज पहारी र प्रतीकराज पहारी निर्वाचित भएको निर्वाचन समितिका संयोजक भरतराज पराजुलीले जानकारी दिए ।

 

 

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अधिवेशन र साधारण सभाको उद्घाटन गरेका थिए । कार्यक्रममा उनले पोखरा पर्यटकीय राजधानी घोषणा गर्न गरिएको संघर्ष स्मरण गराउँदै यस्तो घोषणा गर्वको कुरा भएको बताए । उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान संचालन गर्न हरसंभव पहल थालिने बताए ।

 

पोखरा आउने पर्यटकको तथ्यांक राखिने घोषणा गर्दै उनले पोखरालाई सफा राख्न सरसफाई कर्मचारीहरुको संख्या वृद्धि गरिएको जानकारी गराए ।

होटल संघ नेपाल गण्डकीका अध्यक्ष एवं होटल संघ पोखरा नेपालका पूर्व अध्यक्ष एवं सल्लाहकार हरिप्रसाद शर्मा गैह्रेले विविध समस्याका कारण अहिले होटल व्यवसाय अगाडि बढाउने कार्य चुनौतिपूर्ण भएको बताए । पर्यटक आगमन उत्साहप्रद नभएको र उनीहरुको बसाई अबधि समेत घट्न पुगेको गैह्रेले सुनाए । पोखरा पर्यटकको बाइपासमा पर्न थालेको भन्दै उनले पोखरामा अन्तर्राष्ट्रिय उडान अब अनिवार्य भएको भनाई राखे ।

होटल संघ नेपालका केन्द्रिय सदस्य एवं होटल संघ पोखरा नेपाल निर्वाचन समितिका संयोजक भरतराज पराजुलीले संघको नयाँ कार्यसमिति घोषणा गर्दै निर्वाचित सबैलाई बधाई दिए । होटल क्षेत्र सबैभन्दा ठूलो लगानी भएको क्षेत्र भन्दै उनले संघ पुरानो संस्था भएको समेत स्मरण गराए ।

उद्घाटन शत्रमा बोल्दै संघका अध्यक्ष सुवेदीले पोखरा र वरपरको होटल क्षेत्रमा पाँच खर्ब रुपैयाँको लगानी रहेको जानकारी गराउँदै हवाई र सडक यातायातलाई चुस्त र दुरुस्त बनाए मात्र पोखरामा पर्यटक बढाउन सकिने बताए ।

 

संघका महासचिव राजेन्द्र ढकालले भावि १२ बुँदे कार्ययोजना प्रस्तुत गरेका थिए । विविध प्रबद्र्धनका कार्यक्रम संचालन गर्ने, जाउँ है पोखरा र चलिए पोखरा जस्ता कार्यक्रमको परिमार्जित रुपमा संचालन तथा पर्यटकीय मार्टहरुमा सहभागिता जस्ता बुँदा भावि योजनामा समेटिएका छन् ।
सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...