पाेखरा, माघ ४ गते ।पाेखरामा “प्रथम दाई महोत्सव – २०८१ हुने भएकाे छ ।
“सवै मौसमका लागि” भन्ने मुल नाराका साथ प्रथम दाँई महोत्सव मार्फत अफ सिजनमा पनि पर्यटकहरुलाई आकर्षित गरी पोखरालाई आकर्षक गन्तव्यको रुपमा विकास गर्न महत्वपुर्ण कार्यक्रम साबित हुने र कृषि पर्यटनलाई पनि वढावा दिने विश्वास सहित महाेत्सव गर्न लागिएको पाेखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बताउनुभयाे ।
बढ्दो शहरीकरण र स्थानिय बासीहरुको वदलिदो जीवन शैलीले यो महोत्सव परम्परागत खेती प्रणालीलाई पुस्तान्तरण गर्नमा स्थापित हुने छ उहाँले भन्नुभयो, पर्यटन व्यवसायीहरुले पोखराको पर्यटनलाई जीवन्त राख्न सञ्चालन गरेका यस्ता महोत्सव बाट आन्त्तरीक एवं वाह्य पर्यटनलाई वढवा दिनेछ ।
पोखरा पर्यटन परिषदले असारमा राेपाई महाेत्सव मार्फत “हिलोमा एक पटक त टेक्नै पर्छ है” भन्ने अभियान मात्र सञ्चालन गरेन नेपाल सरकारलाई यही दिनमा “धान दिवस” को रुपमा मनाउन प्रेरित गरेको इतिहास साक्षी रहेकाे दाबी परिषद्ले बताएकाे छ ।
खेती योग्य जमिनको संरक्षण, परम्परागत खेती प्रणाली, असारे भाका, दही च्युरा सहित“ हाम्रो संस्कृति हाम्रो परम्परा” लाई पर्यटकहरुका विच प्रर्वद्धन गदै पोखरा पर्यटन परिषदको आयोजनामा हामीले १९औँ संस्करणको असारे रोपाई महोत्सव आयोजना गरिसकेकाे। उल्लेख गरेकाे छ ।
यस वर्ष परिषद्ले असारमा लगाएको खेतीलाई परम्परागत शैलीमा दाँई गरी खेती भित्राउने कार्यलाई नयाँ पुस्ता एवं विदेशि पर्यटकका लागि चिनारी दिने उद्देश्यले पहिलो पटक दाँई महोत्सव आयोजना गर्न लागेको जनाएको छ ।
कृषि प्रधान मुलुक नेपाल र कृषि बाली मध्ये धान मुख्य बाली संगै नेपालका अधिकांश जनताहरुका भान्छाको प्रमुख परिकार हो । त्यसमाथी जेठो बुढो धान पोखराको पहिचान वनेको छ । तिब्र शहरीकरणमा कारण मुख्य खाद्यान्न बालीका रूपमा प्रयोग गरिँदै आएको धान खेती विगतका केही समय यता खस्कँदै गरेको अवस्थामा छ ।
बिरुवा फाँट, कुँडहर फाँट, बाच्छेबढुवा, सेदिबगर, फेवा फाँट, अर्मला फाँट, महतगौडा, लामाचौर, लेखनाथ, काहुँखोला, पामेफाँट जस्ता पोखरा महानगरपालिका भित्रका खेती योग्य जमिनको खण्डीकरणले उत्पादनमा हृास आईरहेको छ । यसको जगेर्नाको लागि सन्देश दिन पनि पोखरा पर्यटन परिषदले यस बर्ष प्रथम दाँई महोत्सव आयोजना गर्न लागेकाे अध्यक्ष पहारीले बताउनुभयो ।
प्रथम दाई महोत्सव पोखरा – २३ मागर््ी स्थित फेवा फाँटमा हुने जानकारी गराउन चाहन्छौं । कार्यक्रमको आयोजक पोखरा पर्यटन परिषद तथा स्थानीय आयोजकको रूपमा मार्गी.बगर टोल विकाश संस्था रहनेछ ्। कार्यक्रमको प्रवद्र्धकक रूपमा उद्योग तथा पर्यटन मन्त्रालय, गण्डकी प्रदेश सरकार र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय रहेका छन् ।