पाेखरा, माघ २९ गते ।पहिलो पटक पोखराको मैदानमा दुई विदेशी टिमले प्रतिस्पर्धा गरे । प्रतिस्पर्धामा उज्वेकिस्तानी टोलील ब्ल्याक बुल्सले पहिलो सहभागीतामै २४ औं संस्करणको आहा रारा गोल्डकपको सेमिफाईनल प्रवेश गर्दै थ्री स्टारसंगकाे भेट पक्का गरेकाे छ ।
भारतको सिक्किमे टोली थण्डरबोल्ट नर्थ युनाईटेडलाई ३-० गोल अन्तरले पराजित गर्दै पहिलो पटक सहभागिता जनाएको उज्वेकिस्तानी टोली बुल्स २४ औं संस्करणको आहा रारा गोल्डकपको अन्तिम चारमा स्थान सुनिश्चित बनायाे ।
पहिलो हाफको ३८ औं मिनेटमा ब्ल्याक बुल्सले गोलको खाता खोल्यो । निकै क्लोजरेन्जबाट स्लोमजोन अब्दुकोडिरोभले सेकेण्डबारमा गोल गरे । उनलाई सिक्स यार्ड बक्सभित्र सब्कात्जोन साटरोभले पासको अवसर मिलाई दिएका थिए ।
पहिलो हाफमै अग्रता लिएको उज्वेकिस्तानी टोलीले दोस्रो हाफमा अझै सुधारिएको प्रदर्शन देखायो । खेलको ७३ औं मिनेटमा बैकिल्पक खेलाडीको रुपमा मैदान छिरेका साईजमोल दभ्लातजोनोभले गोल गर्दै अग्रतालाई दोब्बर बनाए ।
त्यसको दुई मिनेटपछि टोलीले अर्को गोल थप्दै फराकिलो जित सुनिश्चित बनायो । सब्कात्जोन साटरोभले ७५ औं मिनेटमा गोल गरे । उनको गोल टोलीको लागि अन्तिम बन्यो । खेलमा बुल्सका एलिजोन एलिजोनोभ प्लयेर अफ दि म्याच घोषित भए । पहिलो हाफमा एक गोल ।
दोस्रो हाफमा दुई गोल । पोखरामा गोल्डकप खेल्न आईपुगेको टोली मध्ये बलियो देखिएको उज्वेकिस्तानको टोली ब्ल्याक बुल्सले अन्तिम चारमा भने थ्रीस्टारसँग खेल्ने छ । पहिलो सेमिफाईनल खेल भने नेपाल पुलिस क्लबले अपी पावर चर्च ब्वाईजसँग भाेलि खेल्ने छ ।