पाेखरा, माघ २९ गते ।भारतको चेन्नाई सहरमा आयोजना हुने एशिया ट्राइयाथलन कपमा सहभागी हुन जाने नेपाली ट्राइयाथलन टोलीलाई आज बिदाई गरियो ।
संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठ र महासचिव युवराज सुनुवारले टोलीलाई बिदाई गरेका हुन् । चेन्नाई जाने टोलीमा पुरुष तर्फ मौलिक महजैन र यजु महर्जन तथा महिला तर्फ युस्का महर्जन रहेका छन् । यस्तै टिम ब्यवस्थापकमा मिकेन महर्जन र निर्णायकहरुमा शुभ श्रेष्ठ र बिनोद तण्डुकार रहेका छन् ।
फागुण ४ (१६ फेबु्रअरी)मा आयोजना हुने एशिया कपमा सहभागी हुन मौलिक महर्जन र युस्का महर्जन बेङ्गलोरबाट सिधै चेन्नाई पुग्ने महासचिव सुनुवारले जानकारी गराई । मौलिक र युस्का एशिया कपका लागि बेङ्गलोरमा प्रशिक्षण रत रहेका छन् ।