पोखरा, फागुन ९ गते ।नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी एकताबद्ध हुन नसकेको बताउनुभएको छ । नेकपा एमाले कास्कीले आज पोखरामा आयोजना गरेको वडा केन्द्रीत पार्टी निर्माण अभियान अभिमुखीकरण कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, “हाम्रा मनहरु जोडिएका भए,हामी एकताबद्ध भएका भए पोखराको मेयरमा निर्वाचन हार्ने, उपमेयर जित्ने,वडा अध्यक्ष हार्ने र सदस्य जित्ने अवस्था हुने थिएन होला ।”नगरसभामा बहुमतमा छौँ नगर कार्यपालिकामा हामी अल्पमतमा छौ उहाँले भन्नुभयो,“कार्यपालिकाले हामीलाई नियन्त्रण गरिराख्या छ,यसले बताउँछ ।”

उहाँले पार्टी नेतृत्वयति बेला राजनीतिक, बैचारिक र कार्यक्रमका हिसावले एकताबद्ध रहेको बताउदै पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा पार्टी केन्द्र एकताबद्ध छ तर अनेक बहानामा पार्टीभित्र विवाद देखाउन चाहान्छन्। एमालेको नेतृत्व एकताबद्ध छ ।पार्टीमा बैचारिक,राजनीतिक र नेतृत्वको विषयमा मतभेद छैन । यस्तो अवस्थामा पार्टी एकताबद्ध छ । स्थानिय तहमा पार्टीलाई एकताबद्ध गराउने कुरा हाम्रो साझा संकल्प बन्नुपर्छ उहाँले भन्नुभयो, “जव सम्म हामी एकताबद्ध हुदैनौ तव सम्म लक्ष्य प्राप्त गर्न सक्दैनौ । पार्टीलाई एकताबद्ध बनाउने विषय हाम्रो प्रमुख विषय हो ।”