इन्जिनियरिङ क्याम्पस पाेखरामा भित्र मतदान बाहिर नेविसंघको रिले अनसन

पाेखरा, चैत ५ गते ।पाेखराकाे इन्जिनियरिङ क्याम्पसमा मतदान सुरु भएकाे छ ।निर्वाचन समितिले दिएकाे जानकारी अनुसार हालसम्म ४ प्रतिशत मत खसेकाे छ । बाहिर नेविसंघको आन्दोलन जारी छ भने भित्र मतदान सुरु भएकाे छ ।क्याम्पसभित्र भएका सबै संगठनहरु निर्वाचनकाे पक्षमा रहेकाे र बाहिरका केही ब्यक्तिले आन्दोलन गरेकाे बताइएको छ ।

इन्जिनियरिङ क्याम्पसमा मुख्य गेटमा नेविसंघको एक पक्षले रिले अनसन सुरु गरेकाे छ ।सचिवकाे मनाेनयन गर्न नदिइ निर्वाचन गरेकाे भन्दै नेविसंघले हिजाे साँझ देखि आन्दोलन गरिरहेको छ । नेविसंघको अनसन जारी भएपनि क्याम्पसभित्र मतदान भैरहेकाे निर्वाचन समितिले जनाएको छ । नेविसंघभित्र देखिएकाे आन्तरिक विवादका कारण निर्वाचनमा दुई पक्ष देखिएकाे हाे ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...