छक्कबहादुले भने, म ओलीको पक्षमा छु, हस्ताक्षर दुरुपयोग भयो

काठमाडौं । बिघटित प्रतिनिधिसभाका सदस्य छक्कवहादुर लामाले आफ्नो हस्ताक्षर प्रधानमन्त्री विरुद्ध अविश्वास प्रस्तावमा दुरुपयोग भएको भन्दै आपत्ती जनाएका छन् ।

अर्कै प्रयोजनमा पहिलेनै गरेको हस्ताक्षरलाई संसद सचिवालयमा पेश गरिएको भन्दै लामाले आफू प्रधानमन्त्री केपी ओलीको विरुद्धमा नगएको बताएका हुन् ।

 

हुम्लाबाट तत्कालीन माओवादीको बागी उम्मेदवार बनेर जितेका लामा सांसद निर्वाचित भएपछि नेकपामै जोडिएका थिए ।

 

पूर्व माओवादी नेता लामा प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाका सांसदहरुको भेलामा सहभागी हुन पुगेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...