पाेखरा, जेठ २३ गते । पोखरामा साताैं राष्ट्रिय इन्डोर आर्चरी च्याम्पियनसिप सुरू भएको छ । प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब टंकलाल घिसिङले उद्घाटन गर्नुभयाे ।
पोखरामा पहिलो पटक आयोजना भएको इन्डोर आर्चरी च्याम्पियनसिपले खेलाडीहरुमा उत्साह जगाउनेमा सदस्यसचिव घिसिङले विश्वास व्यक्त गर्नुभयाे ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभाका सदस्य विकल शेरचनले नयाँ बजेटमा मुस्ताङमा हाइअल्टिच्यूट खेल मैदान निर्माणका लागि बजेट विनियोजन भएकाेमा खुशी व्यक्त गर्नुभयाे ।
गण्डकी प्रदेश आर्चरी संघको आयोजनामा सुरू भएको उक्त प्रतियोगिताको उद्घाटन कार्यक्रम संघका अध्यक्ष एवं प्रशिक्षक किशोर कुमार गुरूङको अध्यक्षतामा भएको थियो । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक योगेन्द्र शेरचनले पोखरामा गर्न पाउँदा खुशी लागेकाे बताउनुभयाे । आफ्नाे कार्यकालमा इन्डाेरमा काठमाडौ बाहिर प्रतियाेगिता संचालन हुदाँ खेलाडीमा उत्साह थपिएको बताउनुभयाे ।
भोली शनिबार सम्म पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आयोजना हुनेछ ।प्रतियोगितामा तीन विभागीय टोली, कोशी प्रदेश, बागमती र गण्डकी प्रदेशका दुई टिम गरी कुल ७० जना खेलाडीहरूको सहभागिता रहेको छ । जसमा महिला खेलाडीहरुको संख्या २२ र पुरूषहरुको संख्या ४८ जना रहेको छ ।
प्रतियोगितामा रिकर्व महिला/पुरुष, रिकर्व टिम इभेन्ट, रिकर्व मिक्स इभेन्ट, कम्पाउण्ड महिलारपुरुष इन्डिभिजुअल, स्टाण्डर्ड महिला/पुरुष इन्डिभिजुअल, स्टाण्डर्ड मेन्स टिम इभेन्ट र मिक्स इभेन्ट गरी कुल १० इभेन्टमा १० स्वर्ण, १० रजत र १० काश्य पदकका लागि प्रतिस्पर्धा हुने केन्द्रिय सचिब समेत रहेका शेरचनले जानकारी दिनुभयाे ।