खेलकुद महासंघ गण्डकीको अध्यक्षमा बोधराज गिरी निर्वाचित

पोखरा । नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ गण्डकी प्रदेशको अध्यक्षमा बोधराज गिरी निर्वाचित भएका छन् ।

पोखरामा सम्पन्न दोस्रो अधिवेशनले उनलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । अध्यक्षमा निर्वाचित गिरी तेक्वान्दोका प्रशिक्षक समेत हुन् । उनी कास्की जिल्ला तेक्वान्दो संघमा आवद्ध छन् ।

 

यसै गरी महासंघको उपाध्यक्षमा इश्वर अधिकारी र रमेश कार्की, सचिबमा माधब क्षेत्री, उप सचिबमा विकाश सुनार, सहसचिबमा राजन गुरूङ, कोषाध्यक्षमा सबि गौचन शेरचन, कार्यालय सचिबमा राम चन्द्र गिरी निर्वाचित भएका छन् ।

 

दोस्रो अधिवेशनले ३५ सदस्यिय कार्यसमिति आगामी दुई वर्षका लागि निर्वाचित गरेको हो ।अधिवेशनको उद्घाटन नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुव्वा गुरूङले गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...