कास्की काँग्रेसको प्रशिक्षण

पोखरा, असार । नेपाली काँग्रेस प्रशिक्षण शाखा कास्कीले शनिवार प्रशिक्षण कार्यक्रम गरेको छ ।पोखरा चिप्लेढुङ्गा स्थित पार्टी कार्यालयमा आयोजित वर्तमान राजनीति अवस्था र नेपाली काँग्रेसको भूमिका विषयक प्रशिक्षण कार्यक्रममा एक सय बढी अगुवा नेताको सहभागिता रहेको थियो ।

जिल्ला, क्षेत्र, प्रदेश र पालिकाका पदाधिकारीहरुलाई लक्षित गरी कार्यक्रम गरिएको कास्की काँग्रेसका सहसचिव एवं प्रवत्ता नवीन सिग्देलले जानकारी दिनुभयो । कार्यक्रममा डा. यमनाथ तिमिल्सिना र प्रेम प्रसाद शर्माले प्रशिक्षण दिनुभएको थियो ।

 

कार्यक्रममा बोल्दै नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले पार्टीलाई मजबुद र शशक्त बनाउन नेता तथा कार्यकर्ताका लागि समयानुकुल प्रशिक्षण आवश्यक पर्ने उल्लेख गर्नुभयो ।कार्यक्रम नेपाली काँग्रेस कास्कीका उपसभापति एवं प्रशिक्षण शाखाका संयोजक युवराज कुँवरको अध्यक्षतामा भएको कार्यक्रम शाखाका सदस्य पशुपति शर्मा भट्टराईले संचालन गर्नुभएको थिया

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...