गण्डकी प्रदेश सभा विविध विषयमा ध्यानाकर्षण

गण्डकी, ११ असार ः गण्डकी प्रदेश सभाको बैठकमा सदस्यहरुले समसामयिक विषयमा प्रदेश सभा र सरकारको ध्यानाकर्षण गराउनु भएको छ । बैठकको सोमवार शुन्य समयमा सदस्यहरुले विनियोजित वजेट र प्रदेश सरकारका योजनाको कार्यान्वयन लगायतका विषयमा ध्यानाकर्षण गराउनु भएको हो ।सो अवसरमा प्रदेश सभा सदस्य भिम बहादुर कार्कीले नेपाल पवर्तरोहण संघद्धारा पोखरा महानगरपालिका वडा नं. १७ रातोपैह्रामा सञ्चालित अन्तराष्ट्रिय पर्वतीय संग्रहालय मा प्रदेश वन तथा वातावरण मन्त्रालयले विनियोजन गरेको रकम कार्यान्वयका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो ।

स्थानीय सरकार, स्थानीयवासिन्दा र संग्रहालय बीच समन्वयको अभावमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको उक्त संग्रहालय परिसरमा बोटानिकल गार्डेन निर्माणका लागि प्रदेश सरकारले दुई करोड रुपैया विनियोजन गरेको छ ।नेपाल पर्वतारोहण संघले १६ वटा हिमचुचुराको रोयल्टि र संग्रहालय अवलोकनकर्तालाई टिकट बिक्रीबाट राम्रो आयआर्जन गर्ने आधार भएको संस्थालाई वजेट विनियोजन गरि थप आकर्षक बनाउँदै पर्यटक प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उहाँले विवादको टुङ्गो नलाउँदै वजेट विनियोजन गर्दा कार्यान्वयमा समस्या सिर्जना हुने बिषयमा सचेत हुनु पर्नेमा जोड दिनुभयो ।

 

 

संग्रहालयले कानूनी मान्यता प्राप्त गरि स्थानीय जनप्रतिनिधि र जनता बीच समन्वय गरि विनियोजित वजेट कार्यान्वयनमा जोड दिनुपर्नेमा उहाँको भनाई थियो ।संग्रहालयले पर्खाल बाहिर सडक छेउको मापदण्डमा पर्ने जग्गामा पोखरा महानगरपालिका वडा नं. १७ को आर्थिक सहयोग र स्थानीयवासिन्दाको पलहमा सौन्दर्यकरणका लागि निर्माण गरिएका संरचनाको विरोध जनाउँदै सडक छेउमा तारवारका लागि फलामे पोल गाडेपछि दुई पक्ष बीच द्धन्द बढेकोे हो ।

 

पूर्वतर्पm सेतीको डिलभिर र पश्चिमतर्पm तारवार गर्दा वाटोमा आवतजावत गर्ने पर्यटक, विद्यार्थी, जेष्ठनागरिक सहितका पैदलयात्री दुर्घटनाको उच्च जोखिम रहेको भन्दै स्थानीय विभिन्न संघसंस्था र व्यक्तिले तारवार नलगाउन, बाटोमा रहेको शौचालय हटाउन संग्रहालय लगायत पोखरा महानगरपालिकामा सामुहिकरुपमा ध्यानाकर्षण गराएकोे बताइएको छ ।शुन्य समयमा प्रदेश सभासदस्यहरु सुदिपकुमार पौडेल, सितासुन्दास,कल्पना तिवारी, लिला बहादुर थापामगरले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...