पोखरा । पोखरा महानगरपालिका वडा नं. ३ नदिपुर स्थित नदिपुर स्थित हिमालयन सिद्धमहायोग ध्यान साधना केन्द्रमा योग, ध्यान, साधना सहितको विभिन्न पारम्परिक उपचार पद्धतिबाट रुद्राभिषेक तथा ग्रहदोष निवारण सम्बन्धि विषेश कार्यक्रम शुरु भएको छ ।
अनन्त श्री विभूषित जगद्गुरु श्री रामानन्दाचार्य स्वामी श्री रामकृष्णाचार्य महायोगी सिद्धबाबा सद्गुरुदेवको सत्संकल्पमा आयोजित उक्त कार्यक्रम साउन महिनाभर पोखरामा हुने हिमालयन सिद्ध महायोग साधना केन्द्रका अध्यक्ष विष्णु प्रसाद शर्माले वताए ।
जगत्गुरु श्रीरामाचार्य सेवापिठ चतरा, सुनसरी एवं महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान पोखराको आयोजनामा विशेष अनुष्ठान (पारम्परिक उपचार पद्धति) सहित ग्रहदोष निवारण, मन्त्रजप, हवन, अर्चन, रुद्राभिषेक, आयुर्वेदिक परामर्श र सद्गुरुदेवबाट दिव्य सत्संग कार्यक्रम हुने नारायण स्थान धार्मिक विकास समिति अध्यक्ष तथा लक्ष्मीनारायण मन्दिरका पिठाधिष महेश पराजुलीले वताए ।