महानगरको बजेट खर्चमा पोखरा वडा २१ उत्कृष्ट

पोखरा । पोखरा महागरपालिका भित्रका ३३ वटै वडाहरुमध्ये वडा नं. २१ बजेट खर्चमा उत्कृष्ट प्रदर्शन सफल भएको छ । वडा २१ ले सर्वाधिक धेरै ९५.८ प्रतिशत बजेट खर्च गरेको छ ।

त्यसपछि वडा १६ ले ९५.१९ प्रतिशत खर्च गरेको छभने सबैभन्दा कम खर्च अर्थात ४७.९६ प्रतिशत खर्च वडा नं. ३ ले गरेको छ । वडाका जनप्रतिनिधि, कर्मचारी तथा समग्र वडावासीको साथ र सहयोगका कारण वडाका कार्यहरु चुस्त रहेको २१ का वडाध्यक्ष दिपक प्रसाद सुवेदी बताउँछन् ।

समग्रमा पोखरा महानगरपालिकाले यो वर्ष झन्डै साढे ५ अर्ब खर्च गरेको छ । ७ अर्ब ५१ करोडको बजेट ल्याएको पोखराले वर्षभरीमा ५ अर्ब ३५ करोड खर्च गरेको हो । यो भनेको पूरा बजेटको ७१.२२ प्रतिशत हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...