भनिए अनुसार , सूर्य भन्दा ४० लाख गुणा ठूलो छ ब्ल्याकहोल।जसको गुरुत्वाकर्षण अत्यधिक छ र सारा ग्रह मण्डललाई आ _आफ्नो गतिमा घुम्न कन्ट्रोल गरेको छ ।त्यो ब्ल्याकहोल सहितको यी तारामण्डल ग्रह सहितको ब्रह्माण्ड कत्रो होला आफै अनुमान लगाउनु होस ।अझ भनिएको छ कि यो ब्रह्माण्डमा अरु पनि त्यस्ता ब्ल्याकहोलहरु छन्।
यस्तो ठूलो ब्रह्माण्डमा डार्क म्याटर २५% र डार्क इनर्जी ७०% गरी ९५ % छ।जसलाई मानिसले देख्न सक्दैनन्।मानिसले देख्नि सकिने त जम्मा ५% म्याटर र इनर्जी मात्र हो ।जस्तै ;सामान्य उदाहरणको रुपमा तपाईं हामीको अनुहार अगाडि अनेकन टेलिभिजनले प्रसारण गरेका समाचारहरु, लाखौं मानिसहरूले गरेका टेलिफोनको कुराकानीहरु प्रकाशको गतिमा दौडिरहेका हुन्छन् जुन हामीले देख्न सक्दैनौं।डार्क इनर्जी भनेका यी र यस्तै हुन ।
त्यसैले स्टेफन हकिन्स भन्छन् कि यत्रो भीमकाय ब्रमाण्डलाई सञ्चालन गर्ने केही न केही चीज छ । तर आज सम्म त्यो बारेमा कसैले भन्न सकेको छैन ।यद्यपि उनले सो सम्बन्धमा अनुसन्धान गर्न उत्साहित बनाएर मरे ।
मैले यँहा भन्न खोजेको विषय के हो भने यत्रो भीमकाय ब्रह्माण्डलाई छेउ पनी नबुझी मानव हितमा भनेर निकालिएका सारा दर्शनहरुलाई मानव हितमा नै प्रयोग गर्न नदिनुमा के त्यही अदृश्य शक्ति डार्क इनर्जी ७०%र र २५% डार्क म्याटरको करामाद त हैन? मतलब ; मानव हितमा प्रगोग गर्ने भनेर प्रतिपादन गरिएका दर्शन ,सिद्धान्त ,संस्कृति ,मूल्यमान्यता र प्रविधिहरु जो छन् ती सबै मानव हित विपरित सोझिनुको कारण यिनै अदृश्य इनर्जीहरुले खेलेको कारणले त हैन? ईश्वरवादी र भौतिकवाद भित्र खास सुख र खुसी नहुनुको कारण यही अदृश्य इनर्जीको तालमेल नमिलेर त हैन ।
अत :संसारका हाल सम्मका मानव मूल्य मान्यता, प्रविधि, दर्शन, संस्कृति भन्दा नयाँ खोजको लागि प्याराइंम सिफ्ट गर्ने तर्फ लाग्न पर्ने त हैंन?