जाउँ कीर्तिपुर, हेरौँ क्रिकेट र गरौँ देशको बहस

प्रिय साथी,
​तेरो यो उत्साह साँच्चै मन पर्‍यो , कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल हेर्नुको मजा नै बेग्लै हुन्छ, त्यसमाथि आफुले मनपराएको टिमले खेल्दा त त्यो उत्साहले सिङ्गै रङ्गशाला गुञ्जिन्छ । क्रिकेट त एउटा बहाना मात्र हो, खासमा त हामीलाई नेपाली युवाहरूको जोस, देशमा भइरहेको प्रगति र ‘देश बनेको’ देख्दा लाग्ने त्यो गर्वको अनुभूति बाँड्नु छ ।


​तँलाई थाहै छ, हालै कीर्तिपुर मैदानमा पहिलो चरणको प्यारापिट र फ्लड लाइटहरू जडान भएर हस्तान्तरण भएको छ । केपी ओलीको हुट्हुटी र ईच्छा शक्तिका कारण अब राति पनि खेल हेर्न पाइने भएको छ, जुन नेपाली क्रिकेट प्रेमीहरूको एउटा ठूलो सपना पूरा हुनु हो ।

​एकपटक सम्झौं त यो मैदानको स्तरोन्नति गर्ने निर्णय पूर्ववर्ती केपी शर्मा ओली सरकारले २०८१ मङ्सिरमा मन्त्रिपरिषद्को पहिलो निर्णयका रूपमा गरेको थियो । आज त्यो काम पूरा हुँदै गर्दा, देशमा खेलकुदको पूर्वाधार बनिरहेको छ ।

​गाली होइन, मूल्याङ्कन गरौँ । ​तर तेरो यो ” बेश्सरी गाली गरौँ केपी ओलीलाई ” भन्ने कुरामा चाहिँ म पूर्ण रूपमा सहमत हुन सकिनँ । गालीमा मात्रै समय खर्च गर्नुभन्दा बरु निष्पक्ष मूल्याङ्कन गरौँ न !​जसले ” देश जलाउने ” कुरा गर्छन्, उनीहरूलाई त साँच्चै देश बनेको मन पर्दैन होला । तर, यहाँ कुरा केपी ओलीको मात्र हैन, कुरा सकारात्मक परिवर्तनको र सकारात्मक सोचको हो ।

​यदि कसैले राम्रो कामको थालनी गर्छ । जस्तै- यसै क्रिकेट मैदानको स्तरोन्नतिको निर्णय, सुरुङमार्ग , फराकिला सडक, पेट्रोलियम पाईप लाईन , पेट्रोलियम पदार्थको उत्खनन , फलाम खानीको उत्खनन , युवालाई Startup कार्यक्रम , पढ्दै काम गर्दै कार्यक्रम ,योगदानमा आधारित सामाजिक सुरक्षा योजना जसमा पच्चीसौं लाख भन्दा धेरै व्यक्ति सहभागी भइसके ,२०७२ को भुकम्पबाट क्षति भएका ८ लाख भन्दा बढी निजी घर तथा सरकारी भवन लगायत ऐतिहासिक तथा सांस्कृतिक सम्पदा हनुमानढोका, धरहरा र सिंहदरबारको पुनर्निर्माण , चीनसँग पारवहन सन्धि, वा विकासका अरू कुनै महत्वाकांक्षी योजनाहरू निर्माण सम्पन्न तथा सुरुवात गरिए । यस्ता महत्त्वपूर्ण काम गर्ने व्यक्ति वा पार्टीलाई जस दिन हामी किन हिचकिचाउने ?

 

​देश बन्ने भनेको कुनै एउटा नेताको व्यक्तिगत सम्पत्ति होइन । यो त हाम्रो सामूहिक सपना हो । जब कीर्तिपुरको चम्किलो फ्लड लाइटमुनि अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली टिमले छक्का हान्छ, तब त्यो कुनै पार्टीको नभई सिंगो राष्ट्रको सफलता हुन्छ ।आज हामी क्रिकेट मैदानमा पुगेर राजनीतिक गाली गर्ने कि, खेलाडीको हौसला बढाउँदै देशमा भइरहेको विकासको स्वामित्व लिने ?

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...