पोखरा ।१४ औं संस्करणको पोखरा महोत्सवको तयारी पुरा भएको छ । आगामी पुषको २९ देखि माघको ११ सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने १४ औं संस्करणको पोखरा महोत्सवको सम्पूर्ण तयारी पुरा भएको महोत्सव आयोजक युनाईटेड क्लबले आइतबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइयो ।

स्थापना कालदेखिनै पोखरा महोत्सवको आयोजना गरि युनाईटेड क्लबले शिक्षा, स्वास्थ्य खेलकुद र पर्यटन प्रवद्र्धनको क्षेत्रमा काम गर्दै आइरहेको छ । १४ औं संस्करणको पोखरा महोत्सवबाट युनाईटेड क्लवको आफ्नै जग्गा रहेको पोखरा २७ अर्चलेमा गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई लक्षित गरी निशुल्क शिक्षा प्रदान गर्ने गरी आवाशिय छात्रावास नर्माणको लक्ष्य राखी उक्त योजनाको डिपिआर अनुरुप निर्माण कार्य अगाडी बढेको पत्रकार सम्मेलन मार्फत क्लबका महासचिव तथा महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
उनका अनुसार उक्त जग्गामा २० कोठाको भवन निर्माण सम्पन्न गर्नुपर्नेमा यस वर्ष ३ कोठाको भवन निर्माण भई सकेको र १४औँ पोखरा महोत्सवको आम्दानीबाट थप कोठा निर्माण गरी आगामी शैक्षिक शत्रदेखि कार्यविधि निर्माण गरी छात्राबास सञ्चालनमा ल्याइने छ । यो संगै पोखरा महोत्सवको प्रवेश टिकटबाट प्रति टिकट एक रुपैँया सेती नदी संरक्षणका लागि छुट्याउने कार्यलाई निरन्तरता समेत दिइने भएको छ ।
महोत्सवमा मुुख्य प्रायोजक बेटर होम एपलायन्सको स्टलबाट रु १ हजार बराबरको सामान खरिद गरेमा १ वटा कुपन प्राप्त गर्न सक्नेछन । महोत्सवमा सामान खरिद गर्ने उपभोक्ताहरु मध्ये तीन जना भाग्यशाली उपभोक्तालाई बेटर एपलायन्सको तर्फबाट प्रथम भाग्यशाली उपभोक्तालाई १ टनको बेटर एसी, दोश्रो भाग्यशाली उपभोक्तालाई १५ लि.भिक्ट्री वाटर डिस्पेन्सर÷मोनाको गिजर, तेश्रो भाग्यशाली उपभोक्तालाई बेटर ब्रेथ ९० ग्लासहुड चिम्नी , चौथौ भाग्यशाली उपभोक्तालाई रेडियान्ट भ्याकुम क्लिनर र कन्सोलेशन प्राइजमा एमिनेट एयर फ्रायर प्राप्त गर्नेछन । भाग्यशाली उपभोक्ताको घोषणा महोत्सवको अन्तिम दिन गोला प्रथाद्धारा महोत्सवको स्टेजबाट घोषणा गरि पुरस्कृत गरिनेछ ।
महोत्सवमा आयोजना हुने टिकटक प्रतियोगितामा लाइकको आधारले प्रथम हुनेलाई आशिष इन्स्टीच्युट प्रालिको तर्फबाट नगद २५ हजार रुपैया पुरस्कार प्राप्त गर्नेछन । महोत्सवको टिकट अनलाईन बाट रेभल एप मार्फत समेत बुकिङ गर्न सक्नेछन । महोत्सवको मोवाइल एप पार्टनर वी पोखरा पोखरेलीहरुको लागि बनाइएको एपको उद्घाटन समेत महोत्सवको उद्घाटन समारोहमा गरिने प्रचार प्रसार संयोजक दिनेश सुनारले बताए ।
महोत्सवमा शारिरीक अशक्त, बृद्धबृद्धा, एकल महिला, विदेशी पर्यटक, पत्रकार, ६ वर्ष मुनिका वालवालिका र सुरक्षाकर्मी (पोषाक सहित) हरुलाई निशुल्क प्रवेश गराइने छ ।
१३ दिन सम्म सञ्चालन हुने महोत्सवमा २ सय ५० स्टल रहेका छनभने महोत्सवमा २ देखी २ लाख ५० हजार दर्शक आउने अनुमान गरिएको छ । महोत्सवले देशको कला, संस्कृति, भेषभुषाको संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको विकास गरी देशलाई समृद्धि तिर पु¥याउनेु, विकसित सुचना प्रविधिको जानकारी सर्वसाधारण समक्ष पु¥याउने, गण्डकी प्रदेशमा रहेका पर्यटकीय स्थानको बारेमा जानकारी दिदै आन्तरिक तथा बाह्य क्षेत्रमा उत्पादित वस्तुहरुको बजार सहजीकरण गराउने, सवै कलाकारहरुको प्रतिभा प्रस्फुटनमा सहयोग पु¥याउने, आर्थिक चलायमान गराई रोजगार सिर्जना गराउने, क्षेत्रगत बिकासमा टेवा पु¥याउने र उद्योगको प्रवद्र्धन गर्ने उद्देश्य लिएको छ ।
महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रदर्शनी, औद्योगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्री, सूचना प्रविधीहरुको प्रदर्शनी एवं जानकारी, ब्यवशायीक संघ संस्थाहरुको सेवा बारे जानकारी, स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य बस्तुहरुको प्रदर्शनी तथा उचित मुल्यमा बिक्री वितरण , पर्यटन प्रवद्र्धनका सामाग्रीहरुको प्रदर्शनी एवं जानकारी, पोखरा लगायत विभिन्न पर्यटकीय स्थलहरुको जानकारी, सामाजिक संस्थाहरुको परिचय एवं जानकारी, नेपाली संस्कृति झल्कने नृत्य प्रस्तुती संगै कृषिका गतिविधीहरु सञ्चालन हुनेछन् ।
महोत्सवको उद्घाटन समारोहमा नेपालको लोकप्रिय अभिनेता बिपिन कार्की र बिजय बरालको उपस्थिति रहने छ । त्यसैगरी माघ ९ गते नेपालकै उत्कृष्ट एम एम ए कोच दिविज पिया लामाको उत्प्रेरणादयी प्रस्तुतीलाई दर्शकमाझ प्रस्तुत गरिने छ । महोत्सवकै उद्घाटनको दिन पोखराका विश्व साईकल यात्री अजित बराल र नेपालकै विभिन्न ग्रामीण भेग र पर्यटकीय क्षेत्रहरुलाई सामाजिक सञ्जालको मार्फतबाट पर्यटनमा टेवा पु¥याउने पोखराकै मुना केसीलाई पनि सम्मान गरिने कार्यक्रम रहेको महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
महोत्समा चर्चित लोकदोहोरी गायक गायिकाहरु रवि कार्की, शान्तिश्री परियार, बद्री पंगेनी, प्रकाश सपुत, समिक्षा अधिकारी, अर्जुन सापकोटा, प्रीति आले, शान्तारानी परियार, अस्मिता अधिकारी, सम्झना लामिछाने मगर, प्रकाश दुतराज, पुरुषोत्तम न्यौपाने, चोलेन्द्र पौडेल, प्रजापति पराजुली, जीवन दाहाल, घनश्याम रिजाल, शंकरबिरही गुरुङ लगायतका स्थानिय कलाकारहरुको प्रस्तुती रहनेछन् भने लाईभ कन्सर्टतर्फ लाउरे, डी मर्चा, अनुप्रस्था, दुर्गेश थापा, लेकाली, एवाईजी, रकहेड्स, जेम्सी, सविन राई, भिटेन र पर्पल संगै स्थानीय ब्याण्डहरुको प्रस्तुती रहने छ ।
त्यसैगरी हास्य ब्यङ्ग्य प्रस्तुती, नेपाली संस्कृति झल्कने प्रस्तुती, बाल उद्यान, विद्यालय स्तरिय सामुहिक लोक नृत्य प्रतियोगिता, छेलो÷ठेलो प्रतियोगिता, झाँकी प्रदर्शनी रहनेछन् । त्यसैगरी थप आकर्षणमा टिकटक प्रतियोगिता, विद्यार्थीले निर्माण गरेका शैक्षिक प्रदर्शनी र विभिन्न मनोरञ्जनका कार्यक्रमहरु हुनेछन् ।
महोत्सवमा पर्यटकीय स्थलको जानकारी दिने स्टललाई निःशुल्क प्रदान गरिएको छ ।