पाेखरा,माघ ।पोखरामा माघ तेस्रो साता ओशो मेगा क्याम्प हुने भएको छ । ओशो उपवन पोखराको आयोजनामा पोखरामा यहि माघ १७ गते शनिबार ओशो मेगा क्याम्प हुने भएको हो । पोखरा–५ प्रस्याङस्थित ताजमहल ईभेन्ट सेन्टरमा आयोजना हुने क्याम्प बोधीसत्व स्वामी आनन्द अरुणको उपस्थितिमा हुने शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिईयो ।
एक दिने ओशो शिविर माघ १७ गते विहान ७ बजेदेखि शुरु भई साँझ ५ः३० बजेसम्म चल्नेछ । जहाँ ओशोद्वारा प्रतिपादित योग र ध्यान सिकाईने बोधीसत्व स्वामी आनन्द अरुणले जानकारी दिए । उनका अनुसार ओशोले प्रतिपादन गरेको सयौं योग र ध्यानका तरिकाहरुमध्ये पोखराको सो मेगा क्याम्पमा पाँच÷६ वटा सिकाईनेछ । यो प्रारम्भिक योग र ध्यान गराउने शिविर हो,उनले भने,‘यहाँ पाँच÷६ वटा योग, ध्यान सिकाईन्छ । साथै विशेष सत्संग र उत्सव आयोजन गरिन्छ ।’

बोधीसत्व स्वामी आनन्द अरुणले संसार भरका मानिसहरु अहिले तनावमा रहेको बताए । तनावबाट मुक्ति दिने योग र ध्यान भएको बताउँदै उनले भने,‘शारिरिक रुपमा भन्दा पनि मानिस अहिले मानसिक रुपमा समस्यामा छन् । त्यसबाट उन्मुक्ति पाउन योग र ध्यान अत्यावश्यक छ ।
उनले पाेखरालाइ याेग ध्यान केन्द्रका रुपमा विकास गर्न सकिने बताए । स्थानिय,प्रदेश र संघ सरकारले पनि याेगलाइ प्राथमिकतामा राखेर काम गरे पाेखरालाइ याेगकाे केन्द्रका रुपमा विकास गर्न सम्भव रहेकाे र त्यसका लागि आफुहरु तयार रहेकाे बताए ।