नेकपा एस कास्कीका नेता कार्यकर्ता एमालेमा फर्किए

पोखरा । तत्कालीन नेकपा एस कास्कीका उपाध्यक्ष झविन्द्रराज रेग्मी,पाेखरा महानगरपालिकाका मेयर धनराज आचार्य सहितको टोली एमाले प्रवेश गरेको छ ।


एमाले जिल्ला कमिटी कास्कीले आयोजना गरेको घर फर्क कार्यक्रममार्फत झविन्द्रसहितको टोली एमालेमा फर्किएको हो । आचार्यसहित ३ सय बढी कार्यकर्ता एमालेमा प्रवेश गरेको एमाले कास्कीले जनाएको छ ।

 

उनीहरुलाई एमाले सचिव एवं गण्डकी प्रदेश इन्चार्ज खगराज अधिकारी,कास्की इन्चार्ज कृष्ण थापा लगायतले पार्टी प्रवेश गराएका हुन ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...