पोखराका अटोमेकानिकलहरुलाई भ्याट र करसम्बन्धी तालिम

पोखरा, १ फागुन । पोखराका अटो क्षेत्रमा कार्यरत व्यवसायीहरुले आयकर तथा मूल्य अभिवृद्धि कर( भ्याट) सम्बन्धी तालिममा सहभागी भएका छन् ।

उद्योगी÷व्यवसायीहरुको छाता संस्था पोखरा उद्योग वाणिज्य संघले जर्मन सहयोगी संस्था जीआइजेडको दीगो विकासका लागि राजश्व सुधार परियोजना (आरएसआरएसडी) को सहयोगमा २ दिने तालिमको आयोजना गरेको हो । तालिमका निम्ति गण्डकी अटो मेकानिकल वक्स एसोसियसनसँग सहकार्य गरिएको थियो । तालिममा सिए विवेक श्रेष्ठले सहभागी करिब ५५ जनालाई तालिम प्रदान गरेका थिए ।

 

तालिम उद्घाटन कार्यक्रममा बोल्दै आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले दैनिक जीवनको अपरिहार्य आवश्यकता बनेको अटो क्षेत्रमा कार्यरत व्यवसायीलाई करका विविध आयामबारे जानकारी दिने उद्देश्यले तालिम आयोजना गरिएको बताए ।

 

विभिन्नखाले व्यवसायमा संलग्न व्यवसायीहरुले भ्याट र करसम्बन्धी ज्ञान प्राप्त गर्दा राजश्वमा बृद्धिमा योगदान गर्ने उनको विश्वास थियो । अध्यक्ष कार्कीले पोखरा उद्योग वाणिज्य संघले प्रदान गर्ने सेवा–सुविधाको चर्चा गर्दै दण्ड जरिवानाबाट व्यवसायीलाई जोगाउनका निम्ति संघले आवश्यक सहयोग प्रदान गर्ने प्रतिवद्धता पनि जनाए ।

 

पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतमको संचालन रहेको कार्यक्रममा बोल्दै नेपाल अटो मेकानिकल वक्स एसोसियसनका केन्द्रीय उपाध्यक्ष कुलबहादुर नेपालीले अटो क्षेत्रलाई व्यवस्थित गर्नेतर्फ राज्यले विशेष ध्यान दिनुपर्ने बताए । व्यवसायीहरुलाई समयानुकुलको सीपका निम्ति एसोसियसनले पोखरामा पहिलोपटक इभी गाडी मर्मतको तालिम दिइएको र भ्याट एवं करसम्बन्धी तालिमले त्यसमा नयाँ आयाम थपेको उनको भनाइ थियो ।

 

निम्ति गण्डकी अटो मेकानिकल वक्स एसोसियसन पोखराका अध्यक्ष विष्णुप्रसाद अधिकारीले पछिल्लो तालिमले श्रम गरेर खाने अटोमेकानिकल क्षेत्रका व्यवसायीहरुलाई दण्ड र जरिवानाबाट

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...