कास्कीमा २० प्रतिशत मत खस्याे

एकराज गिरी/पोखरा, २१ फागुन ।कास्कीमा ६० हजार मत खसिसकेको छ । यो कुल मतदाताको झण्डै २० प्रतिशत हुन आउँछ ।

बिहान साढे ११ बजेसम्म कास्कीमा ६० हजार ९३१ अर्थात १९ दशमलब ७५ प्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालय, पोखराले जनाएको छ ।

जसअनुसार पुरुष मतदाता ३१ हजार २६९ र महिला मतदाता २९ हजार ६६१ जना तथा अन्य मतदाता १ जनाले भोट खसालेका हुन् ।

कास्कीमा मतदाता संख्या कुल ३ लाख ८ हजार ५७२ जना छन् । तीमध्ये २ हजार ८६१ जना अस्थायी मतदाता हुन् ।

 

जिल्लामा १५३ मतदानस्थलका २ अस्थायीसहित कुल ३६५ मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

कास्कीमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ४९ जना उम्मेदवार मैदानमा छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...