बिना पास चलाइएका सवारी साधन प्रहरीकाे नियन्त्रणमा

पोखरा, फागुन २१ गते। प्रतिनिधि सभा सदस्य निर्वाचनका दिन कास्की जिल्लाका विभिन्न स्थानबाट बिना सवारी पास सञ्चालनमा रहेका सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार निर्वाचनको दिन सवारी आवागमनमा लागू गरिएको व्यवस्थाको उल्लङ्घन गर्दै बिना पास सञ्चालनमा रहेका सार्वजनिक तथा निजी सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीले जिल्लाका विभिन्न स्थानमा खटिएका टोलीमार्फत हालसम्म ७७ वटा दुईपाङ्ग्रे र ६ वटा चारपाङ्ग्रे सवारी साधन नियन्त्रणमा लिएको जनाएको छ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन सवारी आवागमनमा विशेष निगरानी राखिएको प्रहरीले जनाएको छ। साथै नियम उल्लङ्घन गर्ने सवारी साधनमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने बताइएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...