पोखरा । कास्की क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार खडकराज पौडेल (गनेश) को जित सुनिश्चित भएको छ।
कुल ७० हजार २ सय ३६ मत खसेकोमा ५३ हजार १ सय ७२ मत सदर भएको छ भने २ हजार २ सय १४ मत बदर भएको छ।

हालसम्मको मतगणनाअनुसार १४ हजार ८ सय ५० मत गन्न बाँकी रहँदा पौडेल २१ हजार ३ सय मतान्तरले अग्रस्थानमा छन्। उनले ३० हजार ४ सय ८१ मत प्राप्त गरेका छन्।उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस का तिलक रानाभाट ले ९ हजार १ सय ८१ मत प्राप्त गरेका छन्।
त्यस्तै नेकपा एमाले का बैन बहादुर अधिकारी क्षेत्री तेस्रो स्थानमा रहँदै ८ हजार ७ सय ६१ मत ल्याएका छन्। नेपाली कम्युनिष्ट पार्टी का राजकाजी गुरुङ ले १ हजार ९ सय ९२ मत प्राप्त गरेका छन्।
मतगणना सकिएपछि निर्वाचन आयोगले औपचारिक रूपमा परिणाम घोषणा गर्ने तयारी गरेको छ।
रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहका निकट मानिने पौडेलले पुराना राजनीतिक दलहरूको प्रभाव तोड्दै संसदको यात्रा तय गरेका छन्।