एमाले अध्यक्ष ओलीले दिए बालेनलाइ बधाई

पाेखरा ।बालेन शाह झापा–५ बाट विजयी भएका छन्। उनले केपी शर्मा ओलीलाई भारी मतान्तरले पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा विजय हासिल गरेका हुन्।


मत परिणामअनुसार बालेनले ६८ हजार ३४८ मत प्राप्त गरेका छन् भने ओलीले १८ हजार ७३४ मत ल्याएका छन्। यससँगै बालेनले ४९ हजार ६ सय १४ मतको फराकिलो अन्तरले ओलीलाई पराजित गरेका छन्।

 

बधाई सन्देशमा भनिएको छ, “बालेन बाबु, विजयको लागि तपाईंलाई हार्दिक बधाई। तपाईंको पाँच वर्षे कार्यकाल निर्विघ्न, सफल र जनअपेक्षा अनुसार परिणाममुखी रहोस् भन्ने कामना गर्दछौं।”

 

राष्ट्रिय स्वतन्त्र पार्टीबाट भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएका बालेनको जितलाई नयाँ राजनीतिक सन्देशका रूपमा पनि हेरिएको छ। नयाँ कार्यकालमा जनताको विश्वास अनुसार सुशासन, विकास र पारदर्शितालाई प्राथमिकता दिँदै अघि बढ्ने अपेक्षा गरिएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...