निर्वाचन आयाेगद्वारा समानुपातिक तर्फका सिट संख्या निर्धारण

एकराज गिरी । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना पूर्ण रूपमा सम्पन्न भएको छ।

पहिलो हुने निर्वाचित हुने प्रणालीमा १६५ निर्वाचन क्षेत्रका मुख्य निर्वाचन अधिकृत कार्यालयबाट अन्तिम मत परिणाम सार्वजनिक गरी विजेतालाई प्रमाणपत्र वितरण गरिएको निर्वाचन आयाेगले जनाएकाे छ ।

Screenshot

समानुपातिक प्रणालीमा पनि मतगणना सम्पन्न भइसकेको छ। आयोगको निर्णयअनुसार तीन प्रतिशतभन्दा बढी मत प्राप्त गरेका ६ राजनीतिक दलले समानुपातिक प्रणालीबाट प्राप्त मतका आधारमा सिट बाटफाँड गरेकाे जनाएकाे छ ।

समानुपातिक प्रणाली अन्तर्गत सिट वितरण गरिएकाे छ ।जसमा
राष्ट्रिय स्वतन्त्र पार्टी: ५७ सिट,नेपाली कांग्रेस २० सिट,नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) १६ सिट, नेपाली कम्युनिस्ट पार्टी ५ सिट,  श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी  ४/४ सिट प्राप्त गरेकाे निर्वाचन आयोगले जनाएकाे छ ।  सम्बन्धित दलहरुलाई तीन दिनभित्र उम्मेदवारको नाम चयन गरी आयोगमा पेश गर्न समेत पत्राचार गरेको जनाएकाे छ ।

मतदान विवरण अनुसार कुल मतदातामध्ये पहिलो हुने निर्वाचित हुने प्रणालीमा १,११,६८,०३२ जनाले मतदान गरेका थिए, जसमा ९४.५५% मत सदर भएको छ।

 

समानुपातिक प्रणालीमा १,१२,८०,६१७ मतदाता मतदानमा सहभागी भएका थिए, जसमा ९६.०५% मत सदर भएको आयोगले जनाएको छ।

 

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...