पार्टीले महत्वपूर्ण नेता गुमायाे :अध्यक्ष ओली

पाेखरा ।नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पोखराका पूर्व मेयर तथा पार्टीका केन्द्रीय सदस्य कृष्ण  थापाको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ।


ओलीले पोखराका पूर्व मेयर कृष्णबहादुर थापाको निधनको दुःखद् खबर सुनेको भन्दै उहाँको निधनले आफू मर्माहत भएको बताएका छन्। उनले थापा आफ्नो लागि पार्टीका केन्द्रीय सदस्य मात्र नभई २०३९ सालदेखि नै निकट मित्र रहेको उल्लेख गरेका छन्।

 

निरंकुश व्यवस्थाविरुद्धको आन्दोलनका क्रममा जेल जीवन बिताउँदा आफूलाई पोखरा कारागार सारिएको समयदेखि थापासँग मित्रता सुरु भएको ओलीले स्मरण गरेका छन्।

 

थापाको निधनले पार्टीले एक असल कमरेड मात्र नभई महत्वपूर्ण नेता गुमाएको उनको भनाइ छ। ओलीले दिवंगत थापाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...