पूर्व मेयर थापाको निधनमा‌ आज पाेखरा महानगरमा शोक बिदा

पोखरा । पोखरा महानगरपालिकाका पूर्व मेयर (२०५४–२०५९) कृष्णबहादुर थापाको ६६ वर्षको उमेरमा भएको असामयिक निधनप्रति पोखरा महानगरपालिका परिवारले गहिरो दुःख व्यक्त गरेको छ।

महानगरपालिकाले  शोक सन्देश जारी गर्दै स्वर्गीय थापाको निधनले महानगरपालिका परिवार स्तब्ध भएको उल्लेख गरेकाे छ।  दिवंगत आत्माको बैकुण्ठबासको कामना गर्दै शोकाकुल परिवार तथा आफन्तजनप्रति समवेदना व्यक्त गरेकाे  छ।

शोक सन्देशमा स्व. थापाले पोखराको विकास र समृद्धिमा पुर्‍याएको योगदान पोखरा र पोखरेली नागरिकले सदैव स्मरण गरिरहने उल्लेख गरिएको छ।

स्व. थापाको सम्मानमा पोखरा महानगरपालिका कार्यालय, मातहतका सम्पूर्ण कार्यालय तथा मातहतका शैक्षिक संस्थाहरू (पूर्व निर्धारित परीक्षा कार्यक्रम बाहेक) आगामी चैत्र १ गते आइतबार बन्द रहने महानगरपालिकाले जनाएको छ।

महानगरपालिकाले शोक बिदाका कारण सेवाग्राहीमा पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी रहेको पनि जनाएको छ।
पोखरा । पोखरा महानगरपालिकाका पूर्व मेयर (२०५४–२०५९) कृष्णबहादुर थापाको ६६ वर्षको उमेरमा भएको असामयिक निधनप्रति पोखरा महानगरपालिका परिवारले गहिरो दुःख व्यक्त गरेको छ।

महानगरपालिकाका नगर प्रमुख धनराज आचार्यले शुक्रबार शोक सन्देश जारी गर्दै स्वर्गीय थापाको निधनले महानगरपालिका परिवार स्तब्ध भएको उल्लेख गरेका छन्। उनले दिवंगत आत्माको बैकुण्ठबासको कामना गर्दै शोकाकुल परिवार तथा आफन्तजनप्रति समवेदना व्यक्त गरेका छन्।

शोक सन्देशमा स्व. थापाले पोखराको विकास र समृद्धिमा पुर्‍याएको योगदान पोखरा र पोखरेली नागरिकले सदैव स्मरण गरिरहने उल्लेख गरिएको छ।

स्व. थापाको सम्मानमा पोखरा महानगरपालिका कार्यालय, मातहतका सम्पूर्ण कार्यालय तथा मातहतका शैक्षिक संस्थाहरू (पूर्व निर्धारित परीक्षा कार्यक्रम बाहेक) आगामी चैत्र १ गते आइतबार बन्द रहने महानगरपालिकाले जनाएको छ।

महानगरपालिकाले शोक बिदाका कारण सेवाग्राहीमा पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी रहेको पनि जनाएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...