करणी मुद्दामा फरार अभियुक्त पक्राउ

पोखरा । जबरजस्ती करणी मुद्दामा सजाय भुक्तान गर्न बाँकी रहेका एक फरार अभियुक्तलाई कास्की प्रहरीले पक्राउ गरेको छ।

जिल्ला कास्की मादी गाउँपालिका वडा नं. ७ घर भई हाल पोखरा महानगरपालिका वडा नं. १३ बाझपाटन बस्दै आएका ३२ वर्षीय हेम कुमार तामाङलाई प्रहरीले पक्राउ गरेको हो। उनीमाथि १३ वर्ष ८ महिना १० दिन कैद सजाय तोकिएको थियो, तर मिति २०७० माघ १२ गते कारागार कार्यालय कास्कीबाट भागी फरार रहेका थिए।

 

वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको प्रहरी टोलीले उनलाई मिति २०८३ वैशाख १४ गते पोखरा महानगरपालिका वडा नं. १३ स्थित दुई कुलाको मुहान क्षेत्रबाट पक्राउ गरेको जनाएको छ।

 

पक्राउ परेका तामाङलाई आवश्यक कारबाहीका लागि पुनः कारागार कार्यालय कास्कीमा बुझाइएको कास्की प्रहरीले जानकारी दिएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...