दशनामी समाज महिला समिति कास्कीको अध्यक्षमा कविता

पोखरा । नेपाल दशनामी समाज महिला समिति कास्कीको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनबाट कविता गिरीकाे अध्यक्षमा सर्वसम्मत नयाँ  चयन गरेकाे छ।


अधिवेशनले आगामी कार्यकालका लागि कविता गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। समितिको उपाध्यक्षमा प्रतिभा गिरी, सचिवमा सोनिया गिरी, सहसचिवमा सरु गिरी, कोषाध्यक्षमा सिरुसिंह गिरी तथा सहकोषाध्यक्षमा सरस्वती गिरी चयन हुनुभएको छ।

 


त्यसैगरी सदस्यहरूमा सम्झना गिरी, टेकमाया गिरी, संगीता गिरी, शोभा गिरी, सुन्दरीदेवी गिरी र रिता गिरी चयन हुनुभएको छ।
यसअघि अधिवेशनको उद्घाटन नेपाल दशनामी समाजका केन्द्रीय सचिव तथा प्रमुख अतिथि जगतमोहन गिरीले गर्नुभएको थियो।

 

उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले समाजलाई एकताबद्ध बनाएर अघि बढाउन सक्षम र प्रभावकारी नेतृत्व चयन हुने विश्वास व्यक्त गर्दै सफल अधिवेशनको शुभकामना व्यक्त गर्नुभएको थियो। साथै, समाजको केन्द्रीय भवन निर्माणका लागि आवश्यक पहल भइरहेको जानकारी दिनुभएको थियो।

 

कार्यक्रममा केन्द्रीय सदस्य शारदा गिरी, केन्द्रीय सल्लाहकार गोपाल गिरी, कास्कीका निवर्तमान अध्यक्ष हिरा गिरी, दशनामी युवा समाजका अध्यक्ष अर्जुन गिरी, गण्डकी प्रदेश सचिव बेबराज गिरी, दशनामी महिला समिति गण्डकी प्रदेश अध्यक्ष मिना गिरी, जिल्ला उपाध्यक्ष मिरा गिरी, सल्लाहकार कपिल गिरी, जिल्ला सल्लाहकार मोना गिरी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

 

नेपाल दशनामी समाज महिला समिति कास्कीकी निवर्तमान अध्यक्ष सपना गिरीको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रको सञ्चालन सचिव प्रतिभा गिरीले गर्नुभएको थियो।

 

अधिवेशनको बन्द सत्रमा सचिव प्रतिभा गिरी र कोषाध्यक्ष सोनिया गिरीले प्रस्तुत गर्नुभएको वार्षिक तथा आर्थिक प्रतिवेदन पारित गरिएको थियो। अधिवेशनले नयाँ नेतृत्व चयनसँगै महिला सशक्तीकरण, संगठन सुदृढीकरण तथा सामाजिक सहभागिता विस्तारका कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...