सीमान्तकृत महिलाका लागि उद्घोषण तथा भाषणकला तालिम

पाेखरा ।मानव अधिकारका लागि दलित महिला सशक्तीकरण नेपाल (DWENH) को आयोजना तथा पोखरा महानगरपालिका–२६ को सहयोगमा सीमान्तकृत महिलाहरूका लागि उद्घोषण तथा भाषणकला सम्बन्धी तालिम  सम्पन्न भएको छ।

पोखरा महानगरपालिका–२६ का वडा अध्यक्ष नरेन्द्र थापा को प्रमुख आतिथ्यतामा आयोजित तालिममा प्रशिक्षक दिपक परियार ले उद्घोषण, सार्वजनिक भाषणकला, नेतृत्व विकास तथा आत्मविश्वास अभिवृद्धिसम्बन्धी प्रशिक्षण दिनुभएको थियो।

 

मानव अधिकारका लागि दलित महिला सशक्तीकरण नेपालका अध्यक्ष इश्वरी बिकको अध्यक्षतामा भएकाे कार्यक्रममा वडासदस्य राधा बरालले आफ्नाे भनाइ राख्नुभएकाे थियाे भने स्वागत मन्तव्य  अन्जना बिक र कार्यक्रम संचालन सदस्य बबिता बिकले गर्नुभएकाे थियाे ।

 

तालिममा सहभागी महिलाहरूले सार्वजनिक रूपमा आफ्ना विचार प्रभावकारी ढंगले प्रस्तुत गर्ने सीप तथा नेतृत्व क्षमता विकासका विषयमा व्यावहारिक ज्ञान हासिल गरेका थिए। कार्यक्रमले सीमान्तकृत महिलाहरूको सशक्तीकरण, नेतृत्व विकास र सामाजिक सहभागिता बढाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

 

कार्यक्रममा जनप्रतिनिधि सुजता बराल लगायत वडा कार्यालयका प्रतिनिधि, सामाजिक अगुवा तथा स्थानीय महिलाहरूको सहभागिता रहेको थियो।

 

कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्‍याउनुहुने वडा अध्यक्ष, जनप्रतिनिधिहरू, वडा परिवार, प्रशिक्षक तथा सम्पूर्ण सहभागीप्रति आयोजक संस्थाले आभार व्यक्त गरेको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...