रमिल क्रिएसनमार्फत डा. रमिल अधिकारीको नयाँ तीज गीत सार्वजनिक

पोखरा । डा. रमिल अधिकारीले आफ्नो ‘रमिल क्रिएसन’ युट्युब च्यानलमार्फत नयाँ तीज गीत ‘छक्कै पर्यो’ सार्वजनिक गर्नुभएको छ। नेपाली संगीत, संस्कृति र परम्परालाई सिर्जनात्मक माध्यमबाट प्रवर्द्धन गर्ने उद्देश्यसहित गीत सार्वजनिक गरिएको हो।
गीतमा समीक्षा अधिकारीको स्वर रहेको छ भने बीना राउत र आलिशा बास्तोलाको अभिनय तथा प्रस्तुति रहेको छ।

गीतको भिडियोमा डा. रमिल अधिकारीकी १० वर्षीया छोरी प्रबलीन अधिकारीको सहभागिता पनि विशेष आकर्षण बनेको छ। न्यूजिल्यान्डमा जन्मिएर हुर्किएकी प्रबलीनको नेपाली सांस्कृतिक गीतको भिडियोमा यो दोस्रो सहभागिता हो।

 

नेपालभन्दा टाढा जन्मिएर हुर्किए पनि नेपाली भाषा, संस्कृति, परम्परा र पहिचानसँग जोडिँदै सांस्कृतिक प्रवर्द्धनमा प्रबलीनको सहभागिता प्रेरणादायी रहेको डा. अधिकारीले बताउनुभएको छ।

 

प्रबलीनको सहभागिताले नेपाल र आओटिआरोआ न्यूजिल्यान्डबीचको सांस्कृतिक सम्बन्धसँगै नयाँ पुस्तामा नेपाली संस्कृति हस्तान्तरणको सन्देशसमेत दिएको छ।डा. अधिकारीका अनुसार यो गीत केवल मनोरञ्जनका लागि मात्र नभई नेपाली संस्कृति, संगीत र परम्परालाई नयाँ पुस्तासम्म पुर्‍याउने प्रयास हो।

 

‘संगीतले पुस्तालाई जोड्छ, संस्कृतिले मनलाई जोड्छ’ भन्ने भावसहित सार्वजनिक गरिएको गीतको भिडियो रमिल क्रिएसनको युट्युब च्यानलमा हेर्न सकिन्छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...