अग्रज खेलाडी नारायणी थापासहित पदक विजेता खेलाडी सम्मानित

पोखरा । कास्की जिल्ला एथलेटिक्स संघको तेस्रो वार्षिक साधारण सभामा एथलेटिक्सकी पूर्व राष्ट्रिय खेलाडी **नारायणी थापा (गुरुङ)**लाई सम्मान गरिएको छ। संघले एथलेटिक्स खेलको विकासमा पुर्‍याएको योगदानको कदर गर्दै थापालाई कदरपत्रसहित सम्मान गरेको हो।

सभामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल कास्कीका खेलाडीलाई पनि सम्मानपत्र प्रदान गरिएको थियो। अग्रज खेलाडीको सम्मान र नयाँ पुस्ताका खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संघले जनाएको छ।

 

संघका अध्यक्ष गजबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङ प्रमुख अतिथि थिए। महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदार, इन्द्र मल्ल र राजन पौडेल विशेष अतिथिका रूपमा सहभागी थिए।

 

कार्यक्रममा संघका सचिव सिद्धान्त अधिकारीले वार्षिक गतिविधि तथा प्रगति विवरण र कोषाध्यक्ष गोपबहादुर अधिकारीले आर्थिक विवरण प्रस्तुत गरेका थिए।

 

यसै अवसरमा हिमालयन एलिट्स रनका संस्थापक सुनिल राजबंशीले सहयोग गरेको दौडका लागि आवश्यक विशेष जुत्ता खेलाडी बादल कार्की र अनुष्का अधिकारीलाई प्रदान गरिएको थियो। संघका नयाँ आजीवन सदस्यलाई सदस्यताको प्रमाणपत्रसमेत वितरण गरिएको थियो।

 

अग्रज खेलाडीको सम्मानसँगै वर्तमान खेलाडीलाई प्रोत्साहन गर्ने कार्यक्रमले कास्कीमा एथलेटिक्स खेलको विकासमा थप उत्साह मिल्ने विश्वास गरिएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...