मुगुमा हाईलक्स जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, दुई घाइते

पोखरा । मुगुमा हाईलक्स जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।


जिल्लाको छायानाथ रारा नगरपालिका–७ टोप्लास्थित ताल्चा–रारा कच्ची सडकखण्डमा सुर्खेतबाट रारातर्फ जाँदै गरेको हाईलक्स जिप दुर्घटनामा परेको हो।

 

२०८३ कात्तिक २९ गते बा १७ च १८६४ नम्बरको हाईलक्स जिप अचानक सडकबाट करिब ६०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। जिप ललितपुर महानगरपालिका–१५ निवासी ५८ वर्षीय कञ्चन थापाले चलाएका थिए।

दुर्घटनामा परी काठमाडौंका ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्णकुमार थापाको मृत्यु भएको छ। उनीहरूलाई उद्धार गरी जिल्ला अस्पताल मुगु पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...