सुखको गहना, दुःखको खजनाको सुनमा आकर्षण,नीतिगत अस्पष्टतामा महँगो

काठमाडौँ, माघ ४ गते । महँगो धातुका रूपमा रहँदै आएको पहेँलो धातुप्रति सबैको आकर्षण छ । सुखको गहना, दुःखको खजनाको सुनमा सदियौँदेखि आकर्षण छ । कारोबारको अवस्था पनि त्यस्तै पुरानो छ । जन्मदेखि मृत्यु पर्यान्तका संस्कार, तथा विभिन्न कला, संस्कृति र परम्परा र चाडपर्वमा यो धातुको विशेष महŒव बेग्लै छ ।


पछिल्लो समय यसको महŒव यी क्षेत्रमा मात्र पनि सीमित छैन । विश्व बजारमा गहनाको आकर्षण बढ्दा निर्यातको सम्भावना पनि बढ्दो छ । नेपाली व्यवसायीले सुनका सामग्री बनाएर निर्यात गर्न सके ठूलो मात्रामा व्यापार घाटा कम गर्न सकिने दाबी गर्दै आएका छन् ।

हाल नेपालभित्र नै वार्षिक ५० अर्ब रुपियाँभन्दा बढीको सुनको कारोबार हुँदै आएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पदाधिकारी बताउँछन् । त्यस्तै विदेशमा छरिएका नेपालीलाई मात्र लक्षित गर्दा पनि दुई अर्ब डलरको निकासीको सम्भावना रहेको आकलन व्यवसायीको छ ।त्यसका लागि आवश्यक कच्चा पदार्थको पर्याप्त नभएको भन्दै आवश्यक नीति तर्जुमा गरी बजारलाई पारदर्शी, गुणस्तरीय, व्यवस्थित र अनुशासित बनाउनुपर्ने माग व्यवसायीको छ । लामो समयदेखि यस्तो माग रहे पनि सरकारले सुनुवाइ नगरेको व्यवसायीको आरोप छ ।

साँच्चिकै सम्भव छ निर्यात ?
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घका अध्यक्ष रमेश महर्जनका अनुसार पछिल्लो समय अमेरिका, बेलायत अस्ट्रेलिया, क्यानडा लगायतका देशमा बसोबास गर्ने नेपाली लाखौँ छन् । उनीहरूले त्यहाँ आफ्नो आर्थिक अवस्थामा पनि निकै सुदृढ बनाउँदै गएका छन् । विदेशमा बस्नेले आफ्ना परम्परागत गरगहनाप्रतिको चासो पनि बढ्दो छ ।

त्यसैले सोही समुदायलाई मात्रै लक्षित गरेर भए पनि सुनका गहना निर्यात गर्न सके ठूलो मात्रामा विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । उहाँ विदेशमा बस्ने नेपालीलाई मात्र केन्द्रित गर्दा पनि दुई अर्ब डलर बराबरको निर्यात गर्न सकिने दाबी गर्नुहुन्छ । अहिले विदेशमा बस्ने नेपालीले आएका बेला मात्र नेपाली गरगहना खरिद गरी सीमित परिमाणमा लैजाने गरेका छन् ।केही देशले नेपाली गरगहनामा सामान्य ग्राह्यता सुविधाको भन्सार छुट पनि दिने गरेका छन् । यस्तो सुविधा भए पनि त्यसको उपभोग नेपालले गर्न सकिरहेको छैन ।

भारतको कुल निकासीको १४ प्रतिशतभन्दा बढी निर्यात गरगहनाको मात्र हुने गरेको उदाहरण अध्यक्ष महर्जन दिनुहुन्छ । नेपालले सुविधाको लाभसमेत लिन नसक्दा नेपालका मौलिक र परम्परागत गरगहना पनि भारतीय बजारमा तयारी भएर विदेशी बजारमा पुग्ने र नेपालीले त्यहीँबाट खरिद गर्नुपर्ने अवस्था छ । यस्तो सम्भावनामा नेपाल आफैँले लाग्न सकेमा रोजगारी पनि सिर्जना हुनुका साथै गहकिला सामग्री निर्यातबाट फाइदा उठाउन सक्ने आधार तयार हुने उहाँको विश्वास छ ।अहिले सुनका गरगहना वा हस्तकला निकासीको आँकडा हेर्दा अहिलेसम्म २०÷२२ करोड रुपियाँभन्दा माथि नदेखिएको राष्ट्र बैङ्कका पदाधिकारी जनाउँछन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...