पोखरा, फागुन १८ गते ।नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली समुहकी नेतृ शान्ता चौधरीले सरकार र नेकपा विप्लव दुवै समुहले वाता टोली गठन गर्नु खुशीको कुरा भएको बताउनु भएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमा वाता टोली गठन अन्त्यन्तै खुसीको कुार भएको उल्लेख गदै नेपाली जनताले गोला, बम र बारुदको आतंक नचाहेको बताउनुभएको छ ।
उहाँले आफनो फेसबुक पेजमा लेख्नुभएको छ ,नेपाली जनताले अब गोला, बम, बारुदको आतंक चाहेका छैनन, बास्तबिक रुपमा संमृद्धी मागेका छन । नेपाली माटोले कुनै पनि नेपालीको रगत मागेको छैन, देश बनाउने तागत मागेको छ । यो कटु सत्य लाइ आत्मसात गर्दै सरकार र नेकपा विप्लब समूह बीच बार्ता गर्नका लागि बार्ता टोलिहरु गठन हुनु अत्यन्त खुसीको कुरा हो। सरकारले गृहमन्त्रीको नेतृत्वमा वार्ता टोली गठन गरेको कुराले देशमा शान्ति शुसासन ल्याउने कुरा सरकारको पहिलो प्राथमिकता हो भन्ने प्रस्ट पारेको छ । सलाम छ ,केपि नेतृत्वको सरकारलाई, नेपाली जनताको चाहना अनुसार बार्ता पूर्णरुपमा सफल बनोस।