पोखरामा बसले स्कुटरलाई ठक्कर दिदा एक मृत्यु

पोखरा, फागुन २३ / पोखरा ७ बुलौदीमा आइतरबार बिहान स्कुटरलाई बसले ठक्कर दिदा एक जनाको मृत्यु भएको छ ।
बिहान ६ बजे भएको दुर्घटनामा ग५प ८३६४ नम्बरको स्कुटरका चालक ४७ बर्षिय जितबहादुर राईको मृत्यु भएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।
राई धनकुटा सहिद भुमी गाउँपालिका घर भई पोखरा ६ लेकसाइड बस्दै आएका थिए । स्कुटरलाई ठक्कर दिने स्कुल बस भएको त्यसको खोजी कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ ।
सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...