तनहुँ: सवारी दुर्घटना
मिति २०७७।११।२९ गते, अन्दाजी १२:२० बजे, जिल्ला तनहुँ शुक्लागण्डकी नगरपालिका-६ खैरेनीटार स्थित पृथ्बिराजमार्गमा पोखरा बाट दमौली तर्फ जादै गरेको ग १४ प ४७५१ नं. को मोटरसाईकलले पैदल यात्री जिल्ला तनहुँ भिमाद नगरपालिका-५ बुडुवा बस्ने वर्ष ६० की सुन माया परियार लाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिदा घाईते भई उपचारको लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाईएको अवस्था मध्यम,मोटरसाईकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।
कास्की: आगोलागी
मिति २०७७।११।२९ गते, अन्दाजी ११:००बजे, जिल्ला कास्की पोखरा महानगरपालिका-६ बैदाम नुलथोक स्थित ऐ.ऐ. बस्ने मुक्ती पहारीको ढुङ्गा माटोले बनेको टिनको छानो भएको हार्डवयर स्टोर्स मा लाईन सट हुन गई आगलागी भएको भन्ने सुचना प्राप्त हुना साथ प्रहरी टोलि खटि गई दमकल र स्थानियको सहयोगमा आगो नियन्त्रणमा लिएको, आगोलागीबाट हार्डवयरको सामान,टिभी,पलङ खाट,५तोला चाँदी,आधा तोला सुन लत्ता कपडा पुर्ण रुपमा क्षती भएको, मानबिय तथा पशुचौपाया क्षती नभएको , घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।
तनहुँ : सवारी दुर्घटना
मिति २०७७।११।२९ गते, अन्दाजी ११:३० बजेको समयमा जिल्ला तनहुँ ब्यास नगरपालिका-१ मुसेखोला स्थित पृथ्वि राजमार्गमा डुम्रे बाट दमौली तर्फ आउदै गरेको लु १ ख ९४९९ नं. को ट्रक र बिपरित दिशा तर्फ जादै गरेको ना ४९ प ९३१० नं. को मोटरसाईकल एकआपसमा ठक्कर खान जाँदा मोटरसाईकल चालक जिल्ला लम्जुङ बेशिसहर नगरपालिका-८ बस्ने वर्ष २२ को सुबेन्द्र पौडेल र पछाडी सवार वर्ष २७ कि सुरचना पौडेल घाईते भई मणिपाल अस्पताल पोखरामा उपचार भईरहेको, अवस्था मध्यम, घटनास्थलमा प्रहरी टोलि खटि गई घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।
बागलुङ: सवारीदुर्घटना
मिति २०७७।११।२९ गते, १०:३० बजे, जिल्ला बागलुङ बाग्लुङ नगरपालिका-३ गहते स्थित सिगानाबाट बागलुङ बजार तर्फ आउदै गरेका लु ४ त ७७९१ न.को को ट्याकटर र ग४ प ९०२६ न.को मोटरसाईकल एक आपसमा ठक्कर खादा मोटरसाईकल चालक जिल्ला बागलुङ काठेखोला गाँउपालिका-४ बस्ने वर्ष ३० को प्रकाश पुन घाईते भईमेट्रोसिटी अस्पताल पोखरामाउपचारभईरहेको, अवस्था सामान्य,घटनास्थलमा प्रहरी टोलि खटि गई मोटरसाईकल,ट्याकटर र ट्याकटर चालक नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।