गण्डकी प्रदेश घटनाहरू सवारी दुर्घटनामा १ जनाको मृत्यु

नवलपरासी पूर्व: सवारी दुर्घटनामा १ जनाको मृत्यु

मिति २०७७।१२।०५ गते, अन्दाजी २३.४० बजे,जिल्ला नवलपारासी (पूर्व) कावासोती नगरपालिका-८ पूर्व-पश्चिम राजमार्गमा खरकट्टा जंगल स्थित पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको लु ५८ प ७०४८ नं.को स्कुटी र चालक लडिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई कावासोती नगरपालिका-२ बस्ने वर्ष ३५ को जिवन रानालाई उद्दार गरी पुरानो मेडिकल कलेज भरतपुर चितवनपठाईएकोमा डाक्टरले मृत घोषणा गरेको, घटनाको विषयमा थप अनुसन्धान भईरहेको ।

बाग्लुङ: सवारी दुर्घटना

मिति २०७७।१२।०६ गते, अन्दाजी ११:३० बजे, जिल्ला बाग्लुङ बाग्लुङ नगरपालिका-२ धवलागिरी चोक स्थित ऐ.जिपपार्कबाट समिटचोकतर्फ आउँदै गरेको ग १७ प १२०४ नम्बरको मोटरसाइकलले पैदल यात्री ऐ.बाग्लुङ नगरपालिका-३ देउरालीचोक बस्ने वर्ष २८ को कृष्ण आचार्यलाई ठक्कर दिदा घाईते भई उपचारको लागि धवलागिरी अस्पताल बाग्लुङ पठाइएको, उक्त स्थानमा प्रहरी टोली खटि गइ घटनाका बिषयमा थप अनुसन्धान भइरहेको ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...