पोखरा, चैत ८ गते । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको नवौ कन्भेन्सन पोखरामा हुने भएको छ । चैत १४ गते पोखराको नयाँ बजारस्थित प्रर्दशनी केन्द्रमा हुने कन्भेन्सनमा ४ हजार लायन्स सदस्यहरुको सहभागीत रहने आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । कन्भेन्सनको तयारी अन्तिम चरणमा पुगेको नवौ डिष्ट्रिक्ट कन्भेन्सन आयोजक समितिका कन्भेनर लायन शिवराज आचार्यले जानकारी दिनुभयो ।
कन्भेन्सन सुरु हुनुपूर्व चैत १४ गते विहान चिप्लेढुंगाबाट परेड समेत हुने उहाँले जानकारी दिनुभयो । बाजागाजासहित परेड प्रर्दशनी केन्द्र पुगेर कन्भेन्नमा परिणत हुने छ । कन्भेन्सनकै पूर्वसन्ध्यामा चैत १३ गते काठमाडौबाट पोखरासम्म कार ¥याली समेत हुने उहाँले जानकारी दिनुभयो । त्यस्तै चैत १३ गते नै पोखराका नौ वटा चोकमा सरसफाई कार्यक्रम हुने छ । त्यस्तै पढाउ अभियान कार्यक्रम (लायन्स शिक्षा कोष)अन्र्तगत दुई सय असिजना ट्रष्टिद्धारा चार सय नब्बे जना छात्राछात्रलाई छात्रबृत्ति वितरण समेन गर्ने भएको छ ।
कन्भेन्सनको पूर्वसन्ध्यामा छात्रबृत्ति प्रदान गरिने लायन धनराज आचार्यले बताउनुभयो । कन्भेन्सनका लागि डिष्ट्रिक गर्भनरमा विशेश्वर आचार्य, फष्ट भाईस गर्भनरमा महेन्द्र पौडेल र सेकेण्ड भाइस गर्भनरमा मनिश्री रत्न बज्राचार्यको उम्मेदारी रहेको बताइएको छ । कन्भेन्सन सफल बनाउन होष्ट क्लब लायन्स क्लब अफ पोखरा माछापुच्छे« भिलेज सहित पोखरा क्षेत्रका सम्पूर्ण क्लबहरुको महत्वपूर्ण भुमिका रहने भएको छ । कन्भेन्सनको तयारीका लागि २८ वटा उपसमितिले आआफनो जिम्मेवारी अनुसार कार्यसम्पादन गरिरहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।