पोखरा, चैत १० गते । नेकपा एमालेको गण्डकी प्रदेश कमिटी अध्यक्ष जगतबहादुर विश्वकर्मा र सचिव गोविन्द नेपालीले पदभार ग्रहण गर्नुभएको छ । गत फागुन २३ गते सर्वोच्च अदालतले नेकपा एमाले ब्यूताइदिएपछि नेकपा एमालेले गण्डकी प्रदेश अध्यक्षमा विक र सचिवमा नेपालीलाई जिम्मेवारी दिएको थियो ।
पूर्व युवा तथा खेलकुदमन्त्री विश्वकर्मा कास्की क्षेत्र नम्वर तीनबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुनुहन्छ । प्रदेश कार्यालय पोखराको नयाँबजारमा भएको कार्यक्रममा विश्वकर्मा रर सचिव गोविन्द नेपालीले पदभार ग्रहण गर्नुभएको हो ।
पदभार ग्रहणपछि प्रदेश अध्यक्ष विश्वकर्माले नेपाली कम्युनिष्ट आन्दोलन चुनौतीको मोडमा आएकाले त्यसलाई सुदृढ गर्दै अगाडि बढाउन जरुरी रहेको बताउनुभयो । उहाँले पार्टी कार्यकर्तालाई पनि त्यही अनुसार अघि बढ्ने बताउनुभयो । पदभार ग्रहणमा एमाले कार्यकताको सहभागीता रहेको थियो । कार्यकताले खादा लगाएर शुभकामना ब्यक्त दिनुभएको थियो ।