भानुभक्त क्याम्पसका प्राध्यापकहरुको चेतावनी पारिश्रमिक र नियमित हाजिरी गराउने वातावरण नभएसम्म पठनपाठनमा सहभागि नहुने

दुलेगौंडा,पारिश्रमिक र नियमित हाजिरी गराउने वातावरण सृजना नभएसम्म पठनपाठनमा सहभागी नहुने भानुभक्त बहुमुखमी क्याम्पसका प्राध्यापकहरुले बिज्ञप्ति मार्फत जानकारी  दिएका छन् ।


तनहुँको शुक्लागण्डकी–५, बेलचौतारामा अवस्थित सो क्याम्पस अन्तर्गत रहेको नेपाल पब्लिक क्याम्पस प्राध्यापक संघ क्याम्पस इकाई समितिले सोमवार विज्ञप्ती जारी गरि त्रिविले मंसिर महिनामा परिक्षा सञ्चालन गर्ने गरी सुचना निकालीसकेको अवस्थामा समेत क्याम्पस प्रशासन र सञ्चालक समितिले पठनपाठनमा खासै चासो नदेखाएको बताएको छ । इकाई सभापति निरोज भट्टराईद्धारा हस्ताक्षरित विज्ञप्तीमा सोमवारदेखि अनलाईन माध्यमबाट कक्षा सञ्चालन हुने भनेर विहान ६ बजे क्याम्पस पुगेका प्राध्यापकहरु कक्षा सञ्चालन नभएपछि फर्किएको उल्लेख छ । यसअघि पनि २/२ पटकसम्म कक्षा सञ्चालनमा आएपनि क्याम्पस प्रशासनले बन्द गराएको इकाईले बताएको छ ।


चैत ११ देखि कोभिड १९ का कारण सृजना भएको विषयम परिस्थितिमा हालसम्म पठनपाठन सुचारु नहुदा आफूहरु अन्त्यन्तै संवेदनशिल रहेको विज्ञप्तीमा भनिएको छ । विज्ञप्तीमा क्याम्पसलाई अघि बढाउन क्याम्पस सञ्चालक समिति, बुद्धिजीवी, कलेजका विद्यार्थी, विद्यार्थी संगठन, राजनितिक दल, समाजसेवी, वडा अध्यक्ष, नगरपालिका, शिक्षा शाखा, जिल्ला शिक्षा समन्वय समिति र त्रिभुवन विश्वविद्यालयले तत्काल चासो देखाई प्राध्यापकहरुको जिविकोपार्जनको सवाल र विद्यार्थीको पठनपाठनलाई यथाशिघ्र सम्बोधन गर्न आग्र गरिएको छ ।

यसअघि क्याम्पसले सुचना निकालेर सोमवारबाट अनलाईन माध्यमबाट पठनपाठन सुचारु गर्ने जनाएको थियो । । सो क्याम्पसमा १६ जना प्राध्यापक र २ जना कर्मचारीले चैत महिनादेखि तलब पाएका छैनन् । सरकारले निजि संस्थाका कामदारलाई समेत पारिश्रमिक दिन आग्रह गरिरहेका बेला त्रिभुवन विश्वविद्यालय मातहतनै रहेको क्याम्पसका प्राध्यापकहरुले तलब नपाएपछि श्रम तथा रोजगार कार्यालय पोखरामा मुद्या दर्ता गरेका छन् । आपसी छलफलबाट समस्या समाधान गर्ने भनिएपनि हालसम्म कुनै उपलब्धी नभएको उनीहरुले बताएका छन् । क्याम्पसमा हाल ४ सय ८४ विद्यार्थी अध्ययनरत छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...