पाँच हजार आठ थपिए, सङ्क्रमितको संख्या एक लाख नाध्यो

काठमाडौं, असोज २४ गते । नेपालमा कोरोनाभाइरसका पाँच हजार आठ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १९ हजार ३२० जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा १९ हजार ३२० जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा पाँच हजार आठ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको हो । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित एक लाख पाँच हजार ६८४ पुगेको छ । हाल ३० ह्जार ८१८ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा एक हजार २२९ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ७४ हजार २५२ सङ्क्रमित निको भएर घर फर्केका छन् । जुन कुल सङ्क्रमितको करिब ७०.२ प्रतिशत हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...