जीपको ठक्करबाट मृत्यु

पोखरा, असोज २५ गते ।पोखरामा जीपको ठक्करबाट एक महिलाको ज्यान गएको छ । पोखरा महानगरपालिका २ बाग्लुङ बसपार्क अगाडी बाग्लुङ पोखरा सडक खण्डमा हरिचोकबाट जिरो कि.मि.तर्फ जादै गरेको ग १ ज ५८९६ नंम्वरको बलेरो जिपले बाग्लुङ बसपार्कबाट बाटो क्रस गर्ने क्रममा ग १२ प ५३१३ नंम्वरको स्कुटरलाई ठक्कर दिएको थियो ।

जीपको ठक्करबाट स्कुटर चालक लक कास्की माछापुछ्रे गाउँपालिका ७ धम्पुस बस्ने २६ वर्षिय तारा बि.क. घाईते भई उपचारको लागि फिस्टेल अस्पताल पठाईएकोमा डाक्टरले चेकजाँच गर्ने क्रममा मृत घोषणा गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । घटनास्थलमा तत्कालै प्रहरी टोलि खटिई दुवै सवारी साधन र जिप चालकलाई नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...