अन्तर्राष्ट्रिय सीमा नाका कात्तिक मसान्तसम्म रोक

काठमाडौँ, असोज २७ गते । सरकारले अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवागमनमा लगाइदै आएको रोकलाई कात्तिक मसान्तसम्म थप गरेको छ ।


प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।परराष्ट्र«मन्त्री एवं प्रवक्ता प्रदीपकुमार ज्ञवालीले सीमा नाकाबाट हुने प्रवेशलमा लगाइदै आएको रोकलाई कात्तिक मसान्तसम्म थप गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार, बैठकले मानवअधिकारको पाँच वर्षे कार्ययोजना समेत पारित गरेको छ ।कोभिड–१९ जोखिम बढ्दैगएपछि गत चैत ११ गतेदेखि अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवतजावतमा रोक लाइदै आएको छ । यद्यपि, ढुवानी र निश्चित नाकाबाट हुने आवागमन चालू अवस्थामा नै रहेका जनाइएको छ । यसअघि असोज मसान्तसम्म सीमा नाका बन्द गर्ने निर्णय भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...