मन्त्री ज्ञवाली र भट्ट उपल्लो मुस्ताङमा

बेनी, असोज २८ गते । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली एवम् उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट उपल्लो मुस्ताङको कोरला नाकाको स्थलगत निरीक्षणका लागि कोरला पुग्नु भएको छ ।


मन्त्रीद्वय काठमाडौबाट सिधै हेलिकोप्टर मार्फत नाकामा पुग्नुभएको जिल्ला प्रशासन कार्यालय मुस्ताङका सूचना अधिकारी एवम् सहायक प्रमुख जिल्ला अधिकारी जगदीश अर्यालले बताउनुभयो । मन्त्री सँगै परराष्ट्र सचिव, उद्योग सचिव एवं जिल्लाका प्रदेश तथा संघीय सांसदहरुको उपस्थिति रहेको समेत सहायक प्रजिअ अर्यालले बताउनुभयो ।

अर्यालका अनुसार मन्त्रीद्वय कोरोला नाका निरीक्षण गर्नुका साथै चीन नेपाल दुई देशीय ब्यापारीक नाकालाई कसरी प्रवर्धन र विकास गर्न सकिन्छ भन्ने वारेमा स्थलगत अध्ययन एवम् निरीक्षणका लागि आउनुभएको हो ।

कोरला नाकामा जिल्लाका सुरक्षा समिति, प्रतिनिधि सभा सांसद प्रेम तुलाचन, प्रदेश सभा सांसद इन्द्रधारा विष्ट, महेन्द्र थकाली, चन्द्रमोहन गौचनसमेत कोराला पुग्नुभएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...