सांसद सानु सिवा पहाडीको निधन, प्रमद्वारा दुःख व्यक्त

काठमाडौं, असोज २८ गते । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० बाट समानुपातिक प्रतिनिधिसभाका सदस्य सानु शिवा पहाडीको बुधबार विहान निधन भएको छ । लामो समयदेखि मृगौला पीडित पहाडीको आज विहान १०ः ३० बजे निधन भएको पार्टीले जनाएको छ ।

 
ईलाम स्थायी निवासी पहाडीको केही दिनदेखि स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । नेकपा केन्द्रीय सदस्य सुजिता शाक्यका अनुसार उहाँको आज विहान उपचारकै क्रममा अस्पतालमा निधन भएको हो ।

एक वर्षअघि मृगौला प्रत्यारोपण गराउनुभएको सांसद पहाडीको मुटुमा समस्या हुँदा केही समयअघि गंगालाल हृदयकेन्द्रमा पनि भर्ना गरेर उपचार गरिएको केन्द्रीय सदस्य शाक्यले बताउनुभयो । स्वर्गीय पहाडी पार्टीको जनसांस्कृतिक अभियानमा पनि सक्रिय हुनुहुन्थ्यो ।

 

उहाँ प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय समितिको सदस्य पनि हुनुहुन्थ्यो ।यसैबीच प्रधानमन्त्री केपी शर्मा अाेलीले सांसद पहाडीकाे निधनप्रति दुःख व्यक्त गर्नु भएकाे छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...