बहराइनका राजकुमार मोहमद हमद मोहम्मद अल खलिफा सहितको टोलीले गोरखाको मनास्लु हिमाल आरोहण गरेको छ । बिहीबार बिहान ६ बजेर १० मिनेटमा मनास्लु हिमाल आरोहण सम्पन्न गरेको सेभेन समिट ट्रेक प्रालिका प्रबन्धक निर्देशन पासाङ फुर्बा शेर्पाले बताए ।
बहराइनका शाही परिवार, सुरक्षा टोली र गाइड शेर्पा गरी ५० भन्दा धेरैले हिमाल आरोहण गरेको उनले जानकारी दिए । कति जना चुचुरोमा पुगे भनेर थप विवरण आउन बाँकी रहेको उनले बताए । उत्तरी गोरखामा स्थित चुमनुब्री गाउँपालिकामा रहेको मनास्लु हिमाल विश्वको आठौ र नेपालको सातौ अग्लो हिमाल हो ।
यसको उचाई ८ हजार एक सय ६१ मिटर मिटर छ । यसअघि राजकुमार सहितको टोलीले सोलुखुम्बुको लोबुचे हिमाल आरोहण गरेका थिए ।