गण्डकीमा थप ६ जना संक्रमित थपिए

पोखरा, असोज २९ गते । गण्डकी प्रदेशमा थप छ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सबै संक्रमितहरु पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखराको फिभर क्लिनिकबाट पहिचान हुनुभएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

जसमध्ये तनहुँका १ जना महिला र पोखरा महानगरपालिकाका वडा नखुलेका ८५ बर्षीय पुरुष रहनु भएको छ । उहाँ पोखराको प्रिआईसोलेसनमा बस्नुभएको छ भने अन्य सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । गण्डकी प्रदेशमा अहिले सम्म कोरोना संक्रमितको संख्या ५३०० पुगेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...