गण्डकीमा ट्राफिक प्रहरीको चाडपर्व सुरक्षा योजना

२८५ जना ट्राफिक प्रहरी परिचालन, २९ स्थानमा चेकिङ

पोखरा, कात्तिक २ गते । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय पोखराले चाड पर्व सुरक्षा योजना सार्वजनिक गरेको छ । वडा दशैं, दीपावली, नेपाल संम्बत, ल्होसार तथा छठ लगायतका पर्वहरुलाई लक्षित गरी सुरक्षा योजना बनाइएको प्रदेश कार्यालय गण्डकीले जनाएको छ । चाडपर्वहरु सुरक्षित तवरले मनाउने वातावरण तयार गर्नको लागि गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले मातहतका ११ वटै जिल्लाहरुमा कार्तिक १ गते देखी लागू हुने गरि सुरक्षा योजना बनाई कार्यान्वयनमा ल्याइएको प्रहरी नायव उपरीक्षक एवं सुचना अधिकारी टेक बहादुर कार्कीले जानकारी दिनुभयो ।

सवारी दुर्घटना कम गरि सडकमा सवारीको आवागमन सहज बनाउने मुख्य लक्ष्य सहित सुरक्षा योजना बनाइएको हो उहाँले भन्नुभयो ‘राजमार्गमा हुने सवारी दुर्घटना कम गर्ने तथा मुख्य राजमार्गमा दुर्घटना भएमा कम्तिमा १० मिनेट भित्र ट्राफिक प्रहरी घटनास्थलमा पुग्ने र उद्दार र कारबाहीमा सम्लग्न हुनेछ ।’ विपद उद्वार कार्यमा प्रयोग हुने हेभी ईक्यूईपमेण्ट (कम्तिमा ४० टन क्षमताका क्रेन, (याकरहरु, डोजर, स्क्याभेटर ) राजमार्गमा स्टेण्डवाईमा राख्ने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।

सबै जिल्ला तथा प्रवेश नाकाहरुमा १९ वटा यात्रु सहायता कक्षको स्थापना गरि यात्रुहरुलाई सहजता कायम गर्ने उहाँले बताउनुभयो । सुरक्षा योजना कार्यान्वयन गर्न ११ जिल्लाका ६५ स्थानमा स्थाई पिकेट ड्युटी गर्न १३० जना ट्राफिक प्रहरी नियमित रुपमा परिचालन गरिने छ भने ३१ स्थानमा १५५ जना ट्राफिक प्रहरी खटाई सवारी दुर्घटना न्युनिकरण गर्न बिषेश चेकिङ गरीने छ ।

सवारि चालकहरुको बिषेश निग्रानी गर्न २९ स्थानमा चेकिङ राखी १४५ जना परिचालन गरिने गण्डकी ट्राफिक कार्यालय पोखराले जनाएको छ । सबै जिल्लामा गरि १९ स्थानमा यात्रु सहातया कक्ष स्थापना गरि ३८ जना ट्राफिक प्रहरी परिचालन गरिएको दावी कार्यालयले गरेको छ ।

घटनालाई तत्काल प्रतिकार्य गर्न १२ वटा र १५ वटा मोबाईल टोली बनाई ५४ जना परिचालन गरिएको छ भने विपद उद्वार कार्यमा परिचालन हुने गरि १२ वटा समुह बनाई ५६ जना परिचालन गरिएको जनाइएको छ ।सुरक्षा योजना अन्र्तगत सबै जिल्लाहरुमा २८५ जना ट्राफिक प्रहरी कर्मचारीहरु परिचालन हुने प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...