जनस्वास्थ्यको क्षेत्रमा राम्रो काम हुन सकेन् ः मुख्यमन्त्री गुरुङ

पोखरा, कात्तिक ३ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जनस्वास्थ्यका क्षेत्रमा राम्रो काम हुन नसकेको स्वीकार गर्नुभएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको प्रदेशस्तरीय समिक्षा गोष्ठिमा बोल्दै उहाँले भन्नुभयो, ‘जनस्वास्थ्यको क्षेत्रमा हाम्रो काम राम्रो भएन् ।

कोरोना भाइरस नियन्त्रणमा सवै ध्यान केन्द्रीत गर्नुपरेकाले पनि होला । कारण जे भएपनि राम्रो भएन् ।’ मुख्यमन्त्री गुरुङले अधिकार बाँडफाँड गर्दा स्थानीय तहलाई धेरै जिम्मेवारी सुम्पिएकाले आधारभुत स्वास्थ्यको प्रवन्ध मिलाउने काम स्थानीय तहको भएको बताउदै भन्नुभयो, ‘स्थानीय तहले माथिबाट आउने सर्सत अनुदानको रकमबाट कर्मचारीलाई तलब खुवाउने काम बाहेक विशेष योजना देखिएन् ।’

स्थानीय तहले विषेश योजना, एजेण्डा, नीति कार्यक्रम देखिएन उहाँले भन्नुभयो, ‘समस्या कसरी समाधान गर्ने भन्ने विषेय विशेष योजना केही पनि छैन् । कुनै गाँउपालिकाको नीति योजनामा देखिएन ।’ जनस्वास्थ्यमा विगतकै जस्तै चल्तेचलाते शैलीको नगरपालिका, गाविस चलाएजस्तै तरिकाले चलेकाले नकरात्मक प्रभाव पारेको देखिन्छ उहाँले भन्नुभयो, ‘स्वास्थ्य क्षेत्र सवैभन्दा बेवास्था गरिएको ।जसलाई जिम्मेवारी दिइएको प्राप्त छ उसले जिम्मेवारी महसुस नगरेको, नीति कार्यक्रम नबाएको । बजेट ब्यवस्था नगरेको देखिन्छ ।’

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...