गण्डकीमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा, कात्तिक ३ गते । गण्डकी प्रदेशमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा नयाँ १९ जना संक्रमितहरु थपिएका छन् । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५८१६ पुगेको छ ।

फेवासिटी अस्पाल र मेडीप्लस अस्पताल, पोखराका ५ जना संक्रमितको सोहि अस्पतालबाट नमुना संकलन भएको हो भने अन्य संक्रमित सबैजना कन्टयाक्टटेसिगबाट पहिचान हुनुभएको हो ।

सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...